२०८३ कार्तिक १४ शुक्रबार
२०८३ कार्तिक १४ शुक्रबार

शिक्षा क्षेत्रमा लुनिभा बालसरोकार समुह डडेल्धुराको सकिृयता

डडेल्धुराः डडेल्धुराका दुई पालिका (भागेश्वर र नवदुर्गाका ४ वटा वडा) लाई कार्यक्षेत्र बनाएको लुनिभा बालसरोकार समुहले शिक्षा क्षेत्रको सुधारका लागि काम गर्दै आएको । शिक्षामा रहेका कमीकमोजीलाई नीतिगत रुपबाटै समाधान खोज्नका लागि लुनिभाले भागेश्वरमा नीति तथा बालबाकिा नीति सम्बन्धि गाउँपालिकाका पदाधिकारीहरु संग अन्तरकिृया कार्यक्रम हिजो सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुष्पा ठकुराठीले लुनिभा बाल सरोका समुहले भागेश्वर गाउँपालिकाका ४ र ५ नं बडामा कार्य गर्दै आएको जसले गर्दा समग्र पालिकाको शिक्षा क्षेत्रमा सकारात्मक परिर्वतन आएको बताउनुभयो , साथै उनले पालिकाले पनि गुणस्तरी शिक्षाका लागि अभियान चलाएको बताउनुभयो ।
भागेश्वर गाउँपालिकाका सबै बालबालिकालाई प्रारम्भिक बालविकासको अनुभवसहित आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षा निःशुल्कसहित शिक्षामा पहुँच सुनिश्चित गरी शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनु,
प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरी सबैको पहुँच तथा गुणस्तर सुनिश्चित गर्नु,
गाउँपालिकाभित्रको शिक्षा प्रणालीमा सुशासन कायम गरी पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताको विकास गर्नु,
ज्ञान, विज्ञान र प्रविधिको विकाससँगै आएको नवीन परिवर्तन शिक्षा क्षेत्रमा समावेश गर्नु गाउँ शिक्षा क्षेत्र योजनाका प्रमुख उद्देश्यहरु रहेको शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताउनुभयो ।
कार्यक्रममा पालिकाका शिक्षा सरोकार समितिका पदाधिकारी, बालक्लवका प्रतिनिधि, कार्यपालीकासदस्यहरु स्थानीय शिक्षा समितिका र बाल अधिकार समिति पदाधिकारी, बालक्लवका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन लू निभाः का जिल्ला कार्यक्रम अधिकृत श्री जगदिश कुमार चुनाराले गर्नु भएको थियो । उनले संचालनका क्रममा कार्यक्रमको उद्देश्य तथा अन्तरक्रिया बारे समेत जानकारी गराउनु भएको थियो ।

भागेश्वर गाउँपालिकाले निर्माण गरेका ऐन तथा कार्यविधिः
शिक्षा ऐन, २०७९
विद्यालय अनुदान व्यवस्थापन कार्यविधि, २०७९
खेलकुद विकास समिति कार्यविधि, २०७९
छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०७९
बाल अधिकार संरक्षण तथा सम्बर्द्धन कार्यबिधि,
बाल कोष संचालन तथा ब्यबस्थापन कार्यबिधि, को बारेमा कल्पना थापा (बिष्ट) ले प्रकास पार्नुभएको थियो ।

सम्बन्धित समाचारहरु पठन यहाँ क्लिक गर्नुहोसः

लुनिभा बालसरोकार समुह डडेल्धुरा द्धारा भागेश्वर गाँउपालिकामा अपांग भएका व्यक्तिहरुको अधिकार एवंम संगठनको काम कर्तव्य बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

अपाङगता भएका बालबालिकाहरु लाई लुनिभा बालसरोकार समुह डडेल्धुराको शैक्षिक सामग्री सहयोग

लुनिभाद्धारा विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोग

\https://khabardarinews.com/20299/

शिक्षामा सुधार गर्नु शिक्षा अभियानतालाई सकिृय पार्दै लुनिभा बालसरोकार

भागेश्वरमा विद्यालय योजना सुधार योजना निमार्ण सम्बन्धि २ दिने कार्यशाला सुरु

भागेश्वर गाउँपालिकामा बालश्रम अन्त्य अभियान सुरुः बालअधिकार समिति गठन र बाल कोष स्थापना

नवदुर्गामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः पालिका स्तरीय अन्तरक्रिया

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।