२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

भागेश्वर गाउँपालिकामा बालश्रम अन्त्य अभियान सुरुः बालअधिकार समिति गठन र बाल कोष स्थापना

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा बालश्रम अन्त्य गर्ने अभियान सुरु गरिएकोछ । आज पालिकामा एक औपचारीक कार्यक्रम गरि बालश्र्रम अन्त्यको अभियान सुरु गरिएको हो । आज पालिका उपाध्यक्ष पुष्पा ठकुराठीको अध्यक्ष्यतामा स्थानी बाल अधिकार समिती गठन गरिएको हो ।

पालिकामा रहेका बालबालिकाहरु लाई आकस्मीत सहयोग तथा उद्धारका लागि बाल कोषको समेत स्थापना गरिएको हो । पालिकामा रहेका बालबालिकाहरु लाई बालश्र्रम जस्ता कार्य बाट मुक्त गराउनुका लागि कोषले उद्धार तथा सहयोगका लागि काम गर्ने लुनिभा बाल सरोकारका जिल्ला कार्यक्रम अधिकृत जगदिश चुनाराले बताउनुभयो ।
भागेश्वर गाउँपालिका र लुनिभा बालसरोकारको प्राविधिक सहयोगमा कार्यक्रम सुरु भएको हो । बालश्र्रम अन्यका लागि लागि आज भागेश्वर गाउँपालिकामा आज कार्यबिधि निमार्णका बिषयमा छलफल गरिएको हो । बालबालिकाहरु लाई लाई कुनै जोखिम परेमा तीनीहरु लाई तत्काल राहत दिएर सहयोग गर्नका लागि बाल कोषको स्थापना गरिएको हो ।
पालिकाले कार्यबिधि निमार्ण गरि सोहि अनुरुप कार्यान्यन गरि पालिका भित्र रहेको बालबालिकाहरु लाई बालश्रम मुक्त गराउने लक्ष्य लिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी दत्त भट्ट ले बताउनु भयो ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।