२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

विज्ञ भन्छन् : हिमपहिरो वा हिमताल विस्फोटले भोटेकोशीमा बाढी आएको आकलन छ

काठमाडौँ — काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं जलवायु अनुसन्धानकर्ता रिजनभक्त कायस्थले हिमपहिरो खसेर खोला थुनिएकोले भोटेकोशीमा बाढी आएको प्रारम्भिक आकलन गरिएको बताए । 

कान्तिपुरसँगको कुराकानीमा प्राध्यापक कायस्थले प्रारम्भिक आकलन तथा नेपाल र चीनका वैज्ञानिकसँग भएको छलफलका आधारमा ल्हेन्दे खोलामा हिमपहिरो खसेर खोला थुनिँदा बाढी आएको देखिएको जानकारी दिए । प्राध्यापक कायस्थले भने, ‘नेपालको तर्फबाटै हिमपहिरो आएर लेन्देखोला थुनिएको भन्ने छ । त्यही टाइममा तिब्बतपट्टि भूकम्प पनि गएको छ ।’ अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहान ८:३७ बजे गोसाईंकुण्डबाट करिब ४७ किलोमिटर उत्तरतर्फ तिब्बतको भूभागमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

Experts say: The Bhotekoshi flood is believed to have been caused by an avalanche or glacial lake outburst.काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं जलवायु अनुसन्धानकर्ता रिजनभक्त कायस्थ

पहिले पनि त्यही ठाउँमा हिमतालहरू फुटेकाले हिमताल पनि फुटेको हो कि भन्ने जानकारी आउन केही दिन लाग्ने उनले बताए । यसअघि गत वर्ष असार २४ गते भोटेकोशीमा आकस्मिक बाढी आएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमताल विस्फोटबाटै रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको निष्कर्ष निकालेको थियो । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको थियो ।       -ekantipur

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।