डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा विद्यालय योजना सुधार योजना निमार्ण सम्बन्धि २ दिने कार्यशाला आज बाट सुरु भएकोछ । लूनिभा बाल सरोका समुहको आयोजना र भागेश्वर गाउँपालिकाको सहकार्यमा कार्य आयोजना गरिएको हो । कार्यक्रममा भागेश्वरका वडा नंम्बर ४ का ६ ओटा विद्यालयका प्रध्यानाध्यापक, विव्यस अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षको सहभागिता रहेको थियो । कार्यक्रम आज (सोमबार) वडा नंम्बर ४ का विद्यालयहरु र भोली वडा नंम्बर ५ का विद्यालयहरु संग गरिने लूनिभा बालसरोकार समुहका जिल्ला कार्यक्रम अधिकृत जगदिश चुनाराले जानकारी दिएका छन् ।
कार्यक्रमको मुल उद्धेश्य विद्यालयमा शैक्षिक गुणस्तर ल्याउनु सहज गर्ने रहेको लुनिभा बालसरोकार डडेल्धुराका प्रमुख धर्म ऐरले बताएका छन् । यस्तै लुनिभा बाल सरोकार समुहले विगतका बर्षहरुमा पनि शैक्षिक सुधारमा अहम भूमिका खेलेको र आगामी दिनमा पनि महत्वपुर्ण भूमिका खेल्नेमा आफु विश्वत्त रहेको पालिका अध्यक्ष हेमराज चटौतले बताएका छन् ।
डडेल्धुरामा लुनिभा बालसरोकारले दुई पालिका नवदुर्गा र भागेश्वरमा काम गर्दै आएकोछ । लुनिभा बालसरोकार समुहले शैक्षिक क्षेत्रको सुधारका लागि बिशेषत काम गर्दै आएकोछ ।




























