२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

नवदुर्गामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः पालिका स्तरीय अन्तरक्रिया

डडेल्धुरा(दिपकराज भट्ट)-  डडेल्धुरामा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाईदैछ । ‘हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको एक्यबद्धता’ भन्ने मुल नाराका साथ जिल्लाको ७ वटै स्थानीय तहले भव्यताका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइरहेका छन ।

जिल्लाको नवदुर्गा गाउँपालिकाले १६ दिने अभियान अन्तर्गत आइतवार १३ औँ दिनमा अन्तरक्रिया सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तरक्रिया सम्पन्न गरेको गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टले बताईन ।
महिलाहरुलाई १६ दिने अभियानमा मात्र नभई जस्तोसुकै अवस्थामा पनि पालिका सहयोग गर्न तत्पर रहेको उनले भनाई रहेकोछ । महिला माथि हुने हिंसा तथा लैङ्गिक हिंसा न्युनीकरणको लागि सबै संग हातेमालो गरेर अघि बढ्ने उपाध्यक्ष बिष्टको भनाई छ ।

हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वर, १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । कार्यक्रममा आइडिएस नेपाल,लुनिभा बालसरोका,महिला मञ्च र किशोरी मञ्चले सहकार्य गरेका थिए ।

हरौं भिडियो सहित –

YouTube

https://www.youtube.com/

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।