२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु चुनाव चर्चामाः स्वतन्त्र उम्मेदबारी दर्ता भएपछि चुनावी माहोत शिर्षः कसले मार्ला बाजि

डडेल्धुराः त्रिभुवन विश्वविद्यालयका आंगिक र मातहतका कलेजमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ । डडेल्धुरा बहुमुखी क्याम्पसको चुनावी चर्चा पनि अग्रणी रुपमा रहेको देखिन्छ । जहाँ स्ववियुको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ । डडेल्धुराको डडेल्धुरा बुहमुखी क्याम्पसलाई बडो चासोको रुपमा हेरिएकोछ ।
सभापति पदको उम्मेदवारका लागि ३ जनाले उम्मेदबारी दिएका छन् । सभापति पदका लागि स्वतन्त्र उम्मेदबारी दर्ता भएपछि चुनावी चर्चा अरु बर्ष भन्दा यस बर्ष चर्चामा आएको देखिन्छ ।

नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघ (बीपी) को नेतृत्वमा रहेको सयुक्त प्यानलबाट सभापतिमा मदन बोहरा उम्मेदवार छन् भने कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल चुनावी मैदानमा छ । तीन वटै समूह चुनावी नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा छन् ।

स्वतन्त्र उम्मेदबारी दिएका धामीले पनि आफ्नो उम्मेदबारी दर्ता गराएपछि चुनावमा नयाँ माहोल जागेको थियो । धामी बैतडिका स्यायी बासिन्दा हुन् भने बोहरा र ऐर डडेलधुराका स्यायी बासिन्दा हुन् ।

यो पनि पढौः   

डडेल्धुरा बहुमुखी क्याम्पसमा चुनाव लड्न मात्रै भर्ना हुन्छन् बोहरा !

 

स्ववियु निर्वाचनको मौन अवधि आज रातिदेखि, के के गर्न पाइँदैन ?

डडेल्धुरामा स्ववियु चुनावी माहोल बढदोः एक अडियो क्लिप बाहिरियो विद्यार्थीको टाउको मुल्य १ हजार

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।