२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

स्ववियु निर्वाचनको मौन अवधि आज रातिदेखि, के के गर्न पाइँदैन ?

धनगढिः त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि चैत ५ गते मतदान सकिँदासम्म रहनेछ ।
यस अवधिमा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि कार्य गर्न पाइँदैन। मौन अवधिभर स्ववियु निर्वाचन २०८१ निर्देशिकाको बुँदा नम्बर ११ प्रभावित हुने खालका कुनै पनि किसिमका गतिविधि गर्न रोक लाग्नेछ। उक्त समयमा प्रचार–प्रसार, आमसभा, न्याली वा प्रचारात्मक गतिविधि गर्न पाइनेछैन ।

निर्वाचन आचारसंहिताको पालना नगरेको खण्डमा त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गरिने निर्वाचन समितिहरूले जनाएका छन् ।

मौन अवधिमा निषेध गरिएका गतिविधिहरू–

१) चुनावी प्रचार प्रसार गर्न नपाइने पोस्टर ब्यानर, पर्चा पम्पलेट वितरण वा सार्वजनिक स्थानमा टाँस गर्न।

२) सोसल मिडियामा प्रचार गर्न नपाइने फेसबुक, ट्विटर, टिकटक, युट्युब लगायतका प्लेटफर्ममा उम्मेदवारको पक्षमा वा विपक्षमा पोस्ट वा विज्ञापन गर्न ।

३) सभा, जुलुस वा न्याली गर्न नपाइने कुनै पनि उम्मेदवार वा पार्टीको समर्थनमा भेला वा जुलुस गर्न ।

४) मिडिया वा डिजिटल माध्यमबाट प्रचार गर्न नपाइने टेलिभिजन, रेडियो, पत्रपत्रिका वा अनलाइन समाचारमार्फत चुनावी विज्ञापन तथा प्रचार सामाग्री सम्प्रेषण गर्न ।

५)मतदान केन्द्र नजिक प्रचार गर्न नपाइने मतदान केन्द्र आसपास पार्टीको लोगो झन्डा वा कुनै पनि प्रचार सामग्री प्रदर्शन गर्न ।

६) मतदाता प्रभावित गर्ने कुनै गतिविधि गर्न नपाइने , पैसाको लोभ, उपहार, भोज–भतेर वा अन्य कुनै लालच दिने काम ।

७) मतदान स्थलमा मोबाइल वा क्यामेरा लैजान नपाइने गोपनीयता कायम राख्न मतदाताले मतदान गर्दा मोबाइल फोन वा क्यामेरा लगायतका कुनै पनि किसिमका चुनावलाई प्रभावित पार्ने कुनै पनि गतिविधि।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।