डडेल्धुराः अहिले देशभर स्ववियु चुनाव नजिकिए सँगै उम्मेदबारहरुले प्रचारप्रसारको तिब्रता लाई बढाएको छ । यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावले जिल्लामा चुनावी सरगर्मी बढाएको छ ।
तीन उम्मेदबारले डडेल्धुरा बहुमुखी क्याम्पसको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदबारी दर्ता गर्नेमा नेविसंघ बाट गौरव ऐर, सयुक्त प्यानल बाट मदन बोहरा नेविसंघ (विपि) र स्वतन्त्र बाट कर्ण धामी रहेका छन् ।
चुनावि सरगर्मी बढदै जाँदा डडेल्धुरामा विद्यार्थीहरुको टाउकोको मुल्य ताकिएको अडियो बाहिरिएकोछ । उक्त अडियो क्लिप खबरदारी न्युजलाई प्रापत भएकोछ , प्राप्त अडियो क्लिपमा सुन्न सकिन्छ –
५० भोटका लागि एक एक हजारका दरले रुपैया दिए खुल्ल भोट दिन्छन् । विद्यार्थीलाई त पैसा त हो चाहिने , अर्का व्यक्ति भन्छनः उनीहरुलाई होलीको टिका लगाउछु भन्दै बोलाउदै गर्नुपर्छ ।
विद्यार्थीहरुको हकहितका लागि विद्यार्थी संघ भएपनि पछिल्लो समयमा यसलाई राजनितिक रुपमा लिएर दलका नेताहरु नै निर्वाचनको चुनावि प्रचारप्रसारमा रहेको देखिन्छ ।
डडेलधुरा बहुमुखी क्याम्पसको स्ववियु चुनावलाई चासोको रुपमा हेरिएको छ । क्याम्पसको चैत्र ५ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदबारी दर्ता भएपछि झन चासोको रुपमा लिईएकोछ । नेवसिंघ र नेविसंघ (विपि) का उम्मेदबार डडेल्धुरा र स्वतन्त्र उम्मेदबारी दिएका धामी बैतडिका हुन् ।
५५२ जना मतदाता रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा तीन उम्मेदबार खडा हुँदा कसको विजयी होला भन्ने आम नागरिकमा चासो रहेको देखिन्छ ।
0