२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डडेल्धुरामा विनय प्रकाश मल्लको उम्मेदवारीको माग चुलिँदैः मल्ल आउलान त सकिृय राजनितीमा

डडेल्धुराः जेन्जी आन्दोलन पछिको राजनीतिक परिवेशसँगै प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा डडेल्धुरा जिल्लामा समाजसेवी विनय प्रकाश मल्लको उम्मेदवारीको माग व्यापक रूपमा बढ्दै गएको छ। लामो समयदेखि जापानमा रहेर पनि आफ्नो जन्मभूमि डडेल्धुराका जनताको हितमा निरन्तर योगदान दिँदै आएका मल्ललाई प्रत्यक्ष राजनीतिमा देख्नुपर्ने जनभावना बलियो बन्दै गएको हो।

जिल्लाका विभिन्न स्थानीय तहका शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणले मल्लको निस्वार्थ सेवा, पारदर्शी सोच र विकासप्रतिको प्रतिबद्धताका कारण अब नेतृत्वदायी भूमिकामा आउनुपर्ने आवश्यकता औंल्याएका छन्।

अजयमेरु गाउँपालिकाका शिक्षक केशवप्रसाद शर्माका अनुसार मल्लले जापानमा श्रम गरेर कमाएको आम्दानीबाटै शिक्षा, स्वास्थ्य, विपद् राहत तथा गरिब–असहायको सहयोगमा निरन्तर योगदान दिँदै आएका छन्। यस्तो त्याग इमान्दारिता र सेवाभाव भएका व्यक्ति राजनीतिमा आए भने जनताले वास्तविक परिवर्तन अनुभूति गर्न सक्छन् शर्माले बताए।

त्यस्तै अमरगढी नगरपालिका ५ का रमेश सिनालले विनय प्रकाश मल्ल जस्तो समाजसेवी व्यक्तित्व डडेल्धुराको प्रतिनिधि बन्नु समयको माग भएको बताए। उनका अनुसार राजनीतिक पहुँचभन्दा माथि उठेर समाजका सबै वर्गलाई समान रूपमा सहयोग गर्ने व्यक्तित्व जिल्लाको नेतृत्वमा आवश्यक छ।

अमरगढी नगरपालिका १ का स्थानीय श्यामबहादुरले मल्लप्रति जनताको सम्मान उच्च रहेको उल्लेख गर्दै उहाँ हाम्रो लागि अभिभावक सरह हुनुहुन्छ उहाँ आएर जिल्लाको नेतृत्व सम्हाल्नुपर्छ भन्ने जनभावना व्यक्त गरे। सोही वडाका किर्ते बहादुर ऐरले पनि सात समुद्रपारि जापानबाट डडेल्धुराका जनताको हकहितका लागि उल्लेखनीय योगदान गरिसकेकाले अब प्रत्यक्ष रूपमा मैदानमा उत्रिएर निर्वाचन लड्नुपर्ने समय आएको बताए।

स्थानीयवासीका अनुसार विनय प्रकाश मल्लले जिल्लाका दुर्गम बस्तीहरूमा समेत आफ्नै व्यक्तिगत लगानीमा सहयोग पुर्‍याउँदै आएका छन्। यही कारणले राजनीतिक दलभन्दा माथि उठेर उनलाई साझा उम्मेदवारका रूपमा अघि सार्नुपर्ने आवाज पनि उठ्न थालेको छ।

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा डडेल्धुरामा विनय प्रकाश मल्लको राजनीतिक प्रवेशलाई लिएर चर्चा, चासो र अपेक्षा बढ्दै गएको छ। जनताको यो बलियो आवाजलाई मल्लले कसरी ग्रहण गर्छन् भन्ने विषय अहिले जिल्लावासीको चासोको विषय रहेको छ।
मल्ल विगत १० बर्ष देखि सामाजिक कार्यमा निकै सकिृय रहेको देखिन्छ । मल्लले डडेल्धुराका हरेका भूगोलमा सहयोग गर्दै आएको देखिन्छ जसले गर्दा उनले जनताको माग र आवश्यकताहरु लाई नजिक बाट पनि हेरेको देखिन्छ । मल्ल युवा पुस्ताका चर्चित अनुहार पनि हुन् । उनी हाल जापानमा व्यवसाय गर्दै आएका छन् । उनले जनताको माग अनुसार आफुले निर्णय लिन धारणा पनि देखाएका छन् ।
डडेल्धुरा उसो त काङग्रेसको गढ मानिएको क्षेत्र हो । मल्ल राजनितिमा आई हाले पनि उनले यहाँको हरेका समाज संग भौतिक र मानसिक रुपमा भिज्नु पर्ने देखिन्छ ।
पछिल्लो समयमा जेनजीको आन्दोलन पछिको परिर्वतनले डडेल्धुरामा पनि स्वच्छ छबि भएको नेतृतवको खोजीमा यहाँको युवा पुस्ता रहेको देखिन्छ । जेनजी पुस्ताले डडेल्धुरामा स्वच्छ छवि भएको युवाको रुपमा मल्ललाई लिएको देखिन्छ ।
को हुन विनय मल्लः

 

 

समाजसेवि विनय प्रकास मल्ल जसले गरेका छन् समाजमा लाखौको सेवा

डडेल्धुरामा चुनावी चर्चाः को को छन त सम्भावित उमेदवारहरु

दुखको सारथी , बेसाहाराको साहारा बन्दै डडेल्धुराका मल्लः भन्छन सके जति गाउँसमाजको सेवामा सर्मपित हुन्छु

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।