२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

दुखको सारथी , बेसाहाराको साहारा बन्दै डडेल्धुराका मल्लः भन्छन सके जति गाउँसमाजको सेवामा सर्मपित हुन्छु

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका – ४ खलंगा घर भएका विनय प्रकास मल्ल विगत ८ बर्ष देखि समाजसेवामा सर्मपित रहेका छन् । उनको समाजप्रतिको लगाव, मेहनत, सहयोग सहकार्यले जोकोहिको मन खुशी हुन्छ । उनले सामाजिक कार्य होस वा दुखमा परेका नागरिकहरुलाई व्यक्तिगत रुपमा सहयोग नगरेको डडेल्धुराको कुनै गाउँ बाकि रहेका छैन् । उनले समाजमा गरिने यूवाका विभिन्न कार्यक्रमहरु, धार्मिक स्थल निमार्ण, विद्यालयमा अक्षयकोष स्थापना, विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण लगायतका थुप्रै कार्यहरु गर्दै आएका छन् ।

उनले हाल जापानमा हाफ्नै होटल संञ्चालनमा ल्याएका छन् । उनले आफ्नो कमाईको केहि अंश भने आफ्नो जन्मभूमिको माटोमा लगानी गरेका छन् । उनले पछिल्ला ८ बर्षमा १ करोड भन्दा माथि रुपैया डडेल्धुराका विभिन्न गाउँमा सहयोग गरेका छन् ।

यस्तो छ मल्लको जीवन कथाः
वि.सं.२०४३ साल वैशाख १६ गतेका दिन बुवा खड्क बहादुर मल्ल तथा आमा बसन्ती देवी मल्लको पुत्रको रुपमा जन्मिएका विनय प्रकाश मल्लको बाल्यकाल भने कहालीलाग्दो छ। त्यसैले गरीब परिवारमा जन्मिएका विनय प्रकाश मल्लको बाल्यकाल संघर्षपूर्ण रह्यो। उनले विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमै बुवालाई गुमाए। हृदयाघातबाट बुवाको मृत्यु भए पश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। एकातिर पढाई अर्कोतिर पारिवारिक जिम्मेवारी उनको जीवन यसरी नै अघि बढ्दै गयो। उनले कक्षा १२ सम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे। उनका अगाडि अनेकौं प्रकारका चुनौती आएपनि हरेक चुनौती र परिस्थितिलाई अवसरको रूपमा लिई अगाडि बढेका उनी हरेक उतारचढावलाई सहजरूपमा लिएर अघि बढे।

विनय प्रकाश मल्ल भन्छन् — सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तोसुकै कार्य गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो। नेपाल प्रहरीदेखि सफल व्यवसायी मल्ल स्नातक स्तरको अध्ययन बिचमै छाडी उनी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए। प्रहरीमा भर्ना भएर पनि उनले पढाइलाई निरन्तरता दिए। प्रहरीको जागिरे उनले स्नातकको अध्ययन त्रिभुवन विश्वविद्यालयबाट पूरा गरे।

नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन पनि गरेको उनी बताउँछन्। उनले २०६९ सालमा प्रहरीको जागीरबाट राजीनामा दिए किनकि उनलाई जापान जाने इच्छा जाग्यो।

उनले ईन्टरनेशनल जापनीज ल्याङ्ग्वेज एकेडेमी सेन्दाई जापानमा भर्ना भई १५ महिने जापानीज भाषा अध्ययन गरि तोहोकु कम्प्युटर कलेज सेन्दाई जापानमा दुईवर्षे इन्टरनेशनल विजनेश कोर्स गरे। यसपछि जापानीज कम्पनीमा ‘स्पेलिस्ट इन ह्यूम्यनिटी इन्टरनेशनल सर्भिसको’ भिसा प्राप्त गरि ३ वर्ष काम समेत गरे।

यतिबेलै उनको मनमा अरूको काम कहिलेसम्म गर्नेरुू भन्ने प्रश्न उठ्न थाल्यो। अब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्यले मैले व्यवसायको शुरुआत गरें। अहिले मैले आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेश भिसा प्राप्त गरि कम्पनी सञ्चालन गरिरहेको छुू उनले भने। अहिले उनको कम्पनीमा जापानीज र नेपाली गरी धेरै जनाले रोजगारी गरिरहेका छन्।

सहयोगीको अर्को नाम विनय प्रकाश मल्ल
पछिल्लो समयमा युवा पुस्ता माझ लोकप्रिय बनेको नाम हो विनय प्रकाश मल्ल। लोकप्रिय हुनुको कारण दीन दुखीलाई सहयोग गर्नु हो। ूमानिस ठूलो दिलले हुन्छ, जातले हुँदैनू भने झैं विनय प्रकाश मल्लको मन पनि ठूलो छ। हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ। विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्नु नपरोस् भन्ने उनी चाहन्छन्। त्यही कारण होला गरीबी तथा पीडामा परेकालाई उनले आर्थिक सहयोग गरि रहन्छन्।

मैले बिताएको जस्तो दुखदायी जिन्दगी अरूले जिउनु नपरोस् भन्ने चाहन्छु। विपन्न, गरीब, अनाथ तथा दीन दुखी देख्दा मनले मान्दैन सहयोग गरन मन लागि हाल्छू उनी भन्छन्। विनय प्रकाश मल्लले सहयोग गर्छ होला भन्ने सुनेर होला अहिले धेरैको फोन आउने गरेकोू उनी बताउँछन्। उनले अहिलेसम्म लाखौं रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन्।

डडेल्धुराका धेरै स्कुलहरुमा अक्षयकोषको स्थापना, कसैलाई राशन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ताकपडा दिनु उनको दैनिकी बनिसकेको छ। कोरोना महामारी उत्कर्षमा पुगेको समयमा पनि उनी पीडितको लागि सारथी बनेका थिए। डडेल्धुरामा रहेका मठ, मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन गरिद गर्न सहयोग गरेकोू उनी बताउँछन्।
सकारात्मक प्रतिकिृया दिदै विनय मल्ललाई
गत बिहिबार डडेल्धुराको भागेश्वर गाउँपालिकाका ५ वडाका १३ विद्यालयका ९१ जना विद्यार्थीहरुलाई मल्लले शैक्षिक सामग्री वितरण गरेका थिए । उनले यस्तो कार्य गर्दा स्थानीयहरु खुशी भएका छन् ।
अनाथ, अपाङ्ग, गरिव, विपन्न बालबालिकाहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा आफ्नो प्रतिकिृया दिर्दै सरस्वती माध्यमिक विद्यालय लाकम बगरकोटका प्रध्यानाध्यापक केशवराज पन्तले भनेः मानिसहरु यहि ठाउँमा जन्मेका उहाँ भन्दा आर्थिक रुपमा सम्पन्न छन् तर उनीहरुले नदेखेको पिडा मल्ल भाईले देखे यो उच्च सम्मान गर्ने कार्य हो । मल्ल धेरै पाको युवा पनि हैनन् उनले यो समयमा रोजगारीका लागि बिदेश गएर पनि यस्तो भवना देखाउनु महान कार्य हो , हामी सबैको आर्शिवाद उनलाई लागोस , साथै उहाँको उज्ववल भविश्यको कामना गर्दछौ ।

 

यस्तै सारदा मा.वि सिराडका प्रध्यानाध्यापक हरि सिंह भाटले भनेः हामीले विद्यालयमा पठनपाठन गराउने विद्यार्थीहरुमा विभिन्न समस्या देखेका छौ यहि समस्यालाई मध्यनजर गरेर हामीले पत्रकार दिपक राज भट्टलाई यो समस्या भन्यौ र मल्ल जीले यस्तो राम्रो सहयोग गर्नु भएकोमा उहाँ लाई धन्यवाद दिन चाहान्छौ ।

यस्तै सरस्वती माध्यमिक विद्यालय बोगटाका प्रध्यानाध्यापक विरभान शाहिले भनेः हामीले हाम्रो विद्यालयमा बिशेष कक्षा संञ्चालनमा ल्याएका छौ विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरुको अभाव रहेको समयमा मल्ल जीले यस्तो राम्रो कार्य गर्नु भएको धन्यबाद दिन चाहान्छौ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।