मल्लले हालसम्म डडेल्धुरामा ७० लाख सम्मको सहयोग \
डडेल्धुराः मानिसहरुले पैसा कमाउछन् कतिले घर घरेडि जोडन त कतिले बिलासि जीवन विताउने गर्छन त कतिले सामाजिक भावना राखि समाजमा रहेका गरिब लाई सहयोग बेशाहारालाई साहारा दिन्छन् । रोगी लाई निरोगी बनाउछन्, पढाई बञ्चित भएका लाई शिक्षाको जोती देखाउछ् । बाटो नभएको ठाउँमा बाटो बनाउछन् । कसैले आस्ताको धरोहर मठ मन्दिर बनाउछन् । कसैले खेलाडिका लागि टिममा सहयोग गर्छन त कसैले खेलमैदान निमार्ण गरिदिन्छ । हो हामी कुरा गर्दैछौ डडेल्धुराका मनकारि विनय प्रकाश मल्ल को ।
विनय प्रकास मल्लको बाल्यकाल संर्घषमय रहेको थियो ।डडेल्धुराको अमरगढी नगरपालिकाको सदरमुकाम खलंगामा जन्मिएका विनयले सहयोग नगरेको क्षेत्र विरालै भेटिएला ।
२०४३ साल वैशाख १६ गतेका दिन बुवा खड्क बहादुर मल्ल तथा आमा बसन्ती देवी मल्लको पुत्रको रुपमा जन्मिएका विनय प्रकाश मल्लको हालको कर्मथलो कर्मभूमि जापान भएकोछ ।
उनले विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमै बुवालाई गुमाए। हृदयाघातबाट बुवाको मृत्यु भए पश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। एकातिर पढाई अर्कोतिर पारिवारिक जिम्मेवारी उनको जीवन यसरी नै अघि बढ्दै गयो।
उनले कक्षा १२ सम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे। उनका अगाडि अनेकौं प्रकारका चुनौती आएपनि हरेक चुनौती र परिस्थितिलाई अवसरको रूपमा लिई अगाडि बढेका उनी हरेक उतारचढावलाई सहजरूपमा लिएर अघि बढे।
विनय प्रकाश मल्ल भन्छन् “ सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तोसुकै कार्य गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो।
स्नातक स्तरको अध्ययन बिचमै छाडी उनी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए। प्रहरीमा भर्ना भएर पनि उनले पढाइलाई निरन्तरता दिए। प्रहरीको जागिरे उनले स्नातकको अध्ययन त्रिभुवन विश्वविद्यालयबाट पूरा गरे। नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन पनि गरेको उनी बताउँछन्। उनले २०६९ सालमा प्रहरीको जागीरबाट राजीनामा दिए किनकि उनलाई जापान जाने इच्छा जाग्यो।
उनले ईन्टरनेशनल जापनीज ल्याङ्ग्वेज एकेडेमी सेन्दाई जापानमा भर्ना भई १५ महिने जापानीज भाषा अध्ययन गरि तोहोकु कम्प्युटर कलेज सेन्दाई जापानमा दुईवर्षे इन्टरनेशनल विजनेश कोर्स गरे। यसपछि जापानीज कम्पनीमा ‘स्पेलिस्ट इन ह्यूम्यनिटी इन्टरनेशनल सर्भिसको’ भिसा प्राप्त गरि ३ वर्ष काम समेत गरे।
यतिबेलै उनको मनमा अरूको काम कहिलेसम्म गर्नेरुू भन्ने प्रश्न उठ्न थाल्यो। अब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्यले मैले व्यवसायको शुरुआत गरें। अहिले मैले आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेश भिसा प्राप्त गरि कम्पनी सञ्चालन गरिरहेको छुू उनले भने।”
अहिले उनको कम्पनीमा जापानीज र नेपाली गरी धेरै जनाले रोजगारी गरिरहेका छन्।
सहयोगीको अर्को नाम विनय प्रकाश मल्ल
पछिल्लो समयमा युवा पुस्ता माझ लोकप्रिय बनेको नाम हो विनय प्रकाश मल्ल। लोकप्रिय हुनुको कारण दीन दुखीलाई सहयोग गर्नु हो। मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैनू भने झैं विनय प्रकाश मल्लको मन पनि ठूलो छ।
हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ। विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्नु नपरोस् भन्ने उनी चाहन्छन्। त्यही कारण होला गरीबी तथा पीडामा परेकालाई उनले आर्थिक सहयोग गरि रहन्छन्।
मैले बिताएको जस्तो दुखदायी जिन्दगी अरूले जिउनु नपरोस् भन्ने चाहन्छु। विपन्न, गरीब, अनाथ तथा दीन दुखी देख्दा मनले मान्दैन सहयोग गरन मन लागि हाल्छू उनी भन्छन्।
विनय प्रकाश मल्लले सहयोग गर्छ होला भन्ने सुनेर होला अहिले धेरैको फोन आउने गरेकोू उनी बताउँछन्। उनले अहिलेसम्म ७० लाख रुपैयाँ भन्दा बढि आर्थिक सहयोग गरिसकेका छन्।
डडेल्धुराका धेरै स्कुलहरुमा अक्षयकोषको स्थापना, कसैलाई राशन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ताकपडा दिनु,खेलकुदमा लगानी, विद्यालयमा पोसाक वितरण आदी उनको दैनिकी बनिसकेको छ। कोरोना महामारी उत्कर्षमा पुगेको समयमा पनि उनी पीडितको लागि सारथी बनेका थिए। डडेल्धुरामा रहेका मठ, मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन गरिद गर्न सहयोग गरेको उनी बताउँछन्।
विनयको सहयोगमा यहाँका स्थानीय युवाहरुको सहकार्य रहेकोछ ।