२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

महिला लघुवित्तले फिल्ड सहायक कर्मचारी केन्द्रित सुदृढिकरण तालिम सम्पन्न् गर्यो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साँगा, काभ्रेद्धारा संस्थामा कार्यरत २०५ जना फिल्ड सहायक कर्मचारीहरुको लागि कार्यक्रम सुदृढिकरण तालिम सम्पन्न गरेको छ । फिल्ड सहायक कर्मचारीको कार्यगत क्षमता अभिवृद्धिको लागि आयोजना गरिएको उक्त तालिम २०७९ माघ १९ गते देखि फागुन १ गते सम्म सञ्चालन गरिएको हो ।

संस्थाले उक्त कार्यक्रम तिन भागमा बिभाजन गरी सम्पन्न् गरेको हो । जस अन्र्तगत माघ १९ र २० गते गैडाकोट नवलपुर , बाँकेको कोहलपुरमा, माघ २२ र २३ गते एकसाथ ढल्केबर, धनुषा र धनगढी कैलालीमा तथा माघ २९ र फागुन १ गते बबरमहल, काठमाडौबाट तालिम सम्पन्न् गरेको हो ।

संस्थाका सहायक कार्यकारी अधिकृत श्री हरि प्रसाद गौतम, कर्जा तथा जोखिम विभाग प्रमुख श्री ईश्वर बहादुर रोका, अनुगमन तथा निरीक्षण विभाग प्रमुख श्री बुद्धि सागर न्यौपाने र योजना अनुसन्धान तथा बिकास विभाग प्रमुख श्री नारायण रोकाले प्रशिक्षण दिइएको उक्त तालिममा सबै सुपरिवेक्षणत तथा निरीक्षण कार्यालय प्रमुखहरुले कार्यक्रमको सहजिकरण गरेका हुन् । महिला अधिकार तथा विकास केन्द्रको प्राविधिक सहयोगमा बाह्य प्रशिक्षक श्री राजु नेपाल ज्युले सकारात्मक सोचको विकास तथा कर्मचारी उत्प्ररेणा सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

तालिमको अन्तिम दिन फागुन १ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद न्यौपानेको विशेष सम्वोधन सहित सहभागी सहायक स्तरका कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गरि तालिम समापन गरिएको हो ।

कार्यकममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद न्यौपाने
“महिला लघुवित्त वित्तीय संस्था लिमिटेड लामो समयदेखि महिलाहरुको आर्थिक उपार्जनको लागि वित्तीय मध्यस्तताको काम गर्दै आइरहेको छ । संस्थागत सुशासन यस संस्थाको पहिलो प्राथमिकता हो । यस संस्थासंग प्रत्यक्ष सरोकार राख्नुहुने सम्पुर्ण सरोकारवला निकाय प्रति कृतज्ञ छौं । उनले भने, ‘मुलुकमा देखिएको तरलताको प्रभाव, वाणिज्य बैंकहरुको चर्को ब्याज दरको कारण सदस्यहरुमा देखा परेको विचलनलाई व्यवस्थापन गर्नु आजको आवश्यकता रहेकाले यस्तो परिस्थितिमा संयम भै कार्य गर्नु हुन सबै कर्मचारीहरुलाई सुझाव दिनुहुँदै संस्थामा आवद्ध ग्राहक सदस्य र अभिभावकहरुमा वित्तीय साक्षरता सञ्चालन गर्ने बताए ।”

संस्था संग सम्बन्धित अन्य सम्पादित समाचार हेर्न तलको किलिक गर्न होस्

महिला लघुवित्तद्धारा फिल्ड सहायक कर्मचारीहरुलाई सुदृढिकरण तालिम

महिला लघुवित्तद्वारा किड्नी केयरलाई ५ लाख सहयोग

 

महिला लघुवित्त धनगढी द्धारा वित्तिय साक्षरता तथा केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न्

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।