काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तथा कार्यक्रम सुदृढिकरण तालिमको दिइरेहको छ । सोहि क्रममा सुदुरपस्चीम प्रदेश अन्र्तगत सुपरिवेक्षण तथा निरिक्षण कार्यालय धनगढी कैलालीमा पनि माघ २२ र २३ गते गरि दुई दिन सम्म फिल्ड सहायक कर्मचारीहरुलाई तालिम सम्पन्न भएको छ ।
संस्थाका कर्जा तथा जोखिम बिभाग प्रमुख ईश्वर बहादुर रोकाको प्रमुख आतिथ्यतामा संञ्चालन गरिएको तालिममा अनुगमन तथा निरिक्षण बिभाग प्रमुख बुद्धि सागर न्यौपाने ,केन्द्रीय नीती अनुसन्धान प्रशिक्षण एकेडेमीबाट प्रशिक्षक राजु नेपालको आतिथ्यता रहेको थियो । तालिमको सहजीकरण गर्नुहुदै कर्जा तथा जोखिम बिभाग प्रमुख इश्वर बहादुर रोकाले पछिल्लो समय शाखाबाट प्रभाव भएको कर्जा असलीदर न्युन हुदै गएको प्रति ध्यानाकेन्द्रीत गराउँदै , ग्राहको समस्या र आवश्यकता बुझेर सहजीकरण र ब्यवस्थापन गर्दै जानुपर्ने बताउनु भयो । ग्राहकहरुलाई ब्यवसाय केन्दीत बनाउदै ,आय आर्जन सम्बन्धी तालिमका दिनुका साथै लघुउद्यमी सदस्य पहिचान गर्नु आजको आवश्यक्ता रहेको बताउनु भयो ।
सुपरिवेक्षण तथा निरिक्षण कार्यालय धनगढीका प्रमुख नारद न्यौपानेले सहजीकरण गर्नुभएको कार्यक्रम सुदृढिकरण तालिममा मुलुकमा तंग्रीएको अर्थ ब्यवस्था ,बाणिज्य बैंकहरुको चर्को ब्याजदर ,लघुवित्त बिरुद्धको संघर्ष समितीको आतंकका बावजुत पनि महिला लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई कर्जा प्रभावमा कुनै कमिहुन नदिएको र ग्राहकहरुको गुनासो पनि नआएको तालिमका सहभागीहरुलाई जानकारी गराउँनु भयो । पछिल्लो समय कर्जा मिनाहाको आश देखाएर केहि ब्यक्तीहरुले ग्राहक सदस्यहरु बाट चन्दा संकलन गरिरहेको सुन्नमा आएकाले उक्त कार्य प्रति फिल्ड सहायक कर्मचारी चनाखो हुनुपर्ने बताउनु भयो । ग्राहक सदस्यहरुलाई कर्जा मिनाहको भ्रमबाट मुक्त हुन र लिएको कर्जा कुनै हालतमा मिनाहा नहुने सम्बन्धमा जनस्तरमा सन्देश प्रवाह गर्नुपर्ने तालिमका सहभागीहरुलाई सुझाव दिनुभयो ।
संस्थाले देशैभरी फिल्ड कर्मचारीहरु कार्यक्रम सुदिृढिकरण तालिम दिदै आएको छ । सोहि क्रममा माघ १९ र २० गते गैटाकोट चितवनमा र बाँकेको कोहलपुरमा , माघ २२ र २३ गते ढल्केवर धनुसा र धनगढी कैलालीमा सम्पन्न भइसकेको छ भने माघ २९ र फाल्गुन ०१ गते काठमाण्डौ सुनिका अन्र्तगत तालिम सन्चालन हुने छ । इमेज होटल धनगढीमा सम्पन्न भएको तालिममा दश वटा शाखा बाट ३० जनाको सहभागीता रहको सुनिका प्रमुख न्यौपानेले बताउनु भयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले ज्यु को बिषेश सन्देश
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लामो समयदेखी बिषेश गरि महिलाहरुको आर्थीक उपार्जनका लागि बित्तीय मध्यस्तताको काम गर्दै आईरहेको सबैमा बिदितै छ । संस्थागत सुशासन यस संस्थाको पहिलो प्राथमिकता हो । यो मान्यता लाई यस संस्था संग संलग्न सम्पुर्ण संञ्चालक कर्मचारी ,सेयरधनीले आत्मसाथ गरेकै कारण लघुवित्त संस्थाहरुको भिडमा आफ्नै पृथक पहिचान बनाउन सफल भएका छौ । यस संस्था संग प्रत्यक्ष ,परोक्ष्य सरोकार राख्नुहुने सम्पुर्ण सरोकारवाला निकाय प्रति कृतज्ञ छौ । यस संस्थालाई अझै मजबुत तथा ब्यवसायिक रुपमा सफल बनाउनका लागि सम्पुर्ण सरोकारवालाहरुको चासो र चिन्ता निरन्तर आवश्यक रहन्छ । बार्षीक रुपमा हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले निरिक्षण गर्दाको अवस्थामा समेत हामी संस्थागत सुशासनमा अब्बल रहनु ,भनेको यस संस्थाका संञ्चालक कर्मचारी ,तथा सेयर धनीहरुको सकरात्मक प्रयासको परिणाम हो । त्यसर्थ यस पवित्र संस्थाको उद्धेश्य माथी कोहि कसैले गलत भ्रमात्मक सुचना समाचार ,संस्थाको बिरुद्धमा फैलाउन छुट छैन । र उक्त भ्रममा नपरी आगामी दिनमा हामी सबैले हाम्रो संस्था हाम्रो भविश्य आवाजलाई आत्मसाथ गर्दै अभियानको रुपमा हामी सबै एकजुट भई संस्थागत सुशासनलाई अझै मजबुत बनाउदै अगाडी बढ्नका लागि सम्पुर्ण संञ्चालक कर्मचारी तथा सेयरधनी माहानुभावहरुमा पुनः हार्दिक अनुरोध गर्दछौ ।
Views: 357




























