२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

काठमाडौ – महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले किड्नी केयरलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरलाई चेक हस्तान्तरण गरेका हुन् ।

‘मृगौला जचाऔँ, मृगौला बचाऔँ’ भन्ने नाराका साथ स्थापना भएको किड्नी केयरलाई सरकारी स्वास्थ्य भन्दा पनि सर्वसुलभ मूल्यमा मृगौला जाँच र विज्ञ चिकित्सकबाट निःशुल्क जाँच गर्ने अभियानबाट प्रभावित भएर सहयोग गरिएको प्रमुख न्यौपानले जनाएका छन् ।

एक सय रुपैयाँमा किड्नी जाँच गर्ने किड्नी केयरको अभियानलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको न्यौपानेले जोड दिए ।

केयरका संस्थापक डा. कुँवरले आर्थिक सहयोग गरेकोमा महिला लघुवित्तलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Views: 289
 
      

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।