डडेल्धुराः अजयमेरु गाउँपालिका – ५ मा रहेको देवल माध्यमिक विद्यालय मल्लले विद्यार्थीहरु शैक्षिक सामग्री विरण गरिएकोछ । विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार, विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण गरेका हुन् । मल्लले आफ्नो व्यक्तिगत रकमले शैक्षिक सामग्री वितरण गरेका हुन् । उनको यस कार्यक्रममा स्थानीय भावना बिष्टले सहजिकरण गरेकी हुन् । विद्यालयका २७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको बिष्टले बताईन् ।



विद्यालयका विदार्थीहरु लाई शैक्षिक सासमग्री वितरण गरि विद्यार्थीहरुको हौसला बढाएकोमा विद्यालय परिवारले मल्ललाई धन्यवाद दिएकोछ । मल्लले हालसम्म डडेल्धुरामा एक करोड माथिको आर्थिक सहयोग गरिसकेका छन् । उनले डडेल्धुरामा हुने खेलकुद, धार्मिक क्षेत्रका कार्यक्रमकम साथै गरिब, बिरामी असक्तहरु लाई सहयोग गर्दै आएका छन् ।
मल्लको जन्म स्थान अमरढी खलंगा हो उनी हाल कामको सिलसिलामा जापान बस्दै आएका छन् । उनलाई स्थानीय स्तरमा स्थानीय युवाहरुले सहकार्य गर्दै आएका छन् ।
यो पनि पढनुसः

























