२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

डडेल्धुराको बीउ केन्द्र मन्त्रालयबाट सम्मानित

डडेल्धुराः डडेल्धुराको तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्र लाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले सम्मान गरेको छ। आइतबार देखि मंगलबार सम्म धनगढीमा सम्पन्न आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी पश्चात् मन्त्रालयले पहिलो पटक सुदूरपश्चिममै हाइब्रिड बीउ उत्पादन गर्ने उपलब्धिका लागि केन्द्रलाई सम्मान गरेको हो।

बीउ उत्पादन केन्द्रकि प्राविधिक अस्मिता ढकालले वर्षभरिका कार्यक्रमहरू समेटेर गोष्ठीमा प्रस्तुति दिएकी थिइन। बीउ उत्पादन केन्द्रले श्रृजना जातको टमाटरको ६ केजी र मधु जातको काँक्रोको ५ केजी हाइब्रिड बीउ उत्पादन गर्न सफल भएको छ।
केन्द्र प्रमुख तारिसिंह ठकुराठीले जनशक्ति र बजेटको अभाव हुँदाहुँदै पनि प्रदेशमै पहिलोपटक हाइब्रिड बीउ उत्पादन सफल भएको र मन्त्रालयको सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको बताए।

उनले बीउ उत्पादन सफल बनाउन सहयोग गर्ने कर्मचारी, कृषक, कृषि ज्ञान केन्द्र डडेल्धुरा र मन्त्रालय परिवारप्रति आभार प्रकट गरे। हाइब्रिड बीउ उत्पादनको अभियानमा सहयोग पुर्‍याउने डडेल्धुराका अगुवा कृषक प्रिन्सराज अवस्थीलाई समेत मन्त्रालयले सम्मान गरेको छ।

उक्त केन्द्र विसं २०४३ सालमा मूल बीउ उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको हो। कार्यलयले आफ्नै जमिनमा विभिन्न तरकारीका बिउहरु उत्पादन गर्दै आएकोछ । करिब ४८ रोपनी जमिनमा धनीया मुला, टमाटर, काक्रा रायो लगायतका विभिन्न जातहरुको परिक्षणका लागि फर्ममा उतपादन गरिदै आएकोछ ।
डडेल्धुराको घटाल खोला नजिकै रहेको यो कार्यालय पुर्ण रुपमा सडक भने पुग्नु सकेको छैन् । सडक पहँच नहुँदा फर्मलाई आवश्यक सामग्राीहरु मानिसले बोकेर पुगाउनुपर्ने बाध्यता रहेकोछ ।

डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरुः दुई जातको बीऊ प्रदेशभर वितरण गर्ने योजना

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।