२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरुः दुई जातको बीऊ प्रदेशभर वितरण गर्ने योजना

डडेल्धुराः ७ पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन यो बर्ष बाट सुरु गरिएकोछ। डडेल्धुरामा रहेको तरकारि जर्मप्लाज्म सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन सुरु गर्न लागेको हो ।

मूल बीउ उत्पादन गर्ने उद्देश्यका साथ विसं २०४३ सालमा स्थापना भएको केन्द्रमा पहिलोमूल बीउ सँगै श्रृजना जातको टमाटर र मधु जातको काक्राको उत्पादन सुरु गरिएको केन्द्र प्रमुख तारिसिंह ठकुराठीले बताए।

यस वर्ष टमाटरको बीउ १० देखि १२ किलोग्रामसम्म र काक्राको बीउ १० देखि १२ केजीसम्म उत्पादन हुने अनुमान गरिएको र उत्पादन भएको बीउ स्थानीयस्तरका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बिक्रीवितरण गर्ने योजना रहेको उनले बताए।

सुदूरपश्चिममा पहिलो पटक उत्पादन सुरु गरिए पनि अन्य प्रदेशमा भने सरकारी फार्ममा हाइब्रिड बीउ उत्पादन भइरहेको केन्द्र प्रमुख ठकुराठीले बताए।

कार्यलयले आफ्नै जमिनमा विभिन्न तरकारीका बिउहरु उत्पादन गर्दै आएकोछ । करिब ४८ रोपनी जमिनमा धनयिा, मुला, टमाटर, काक्रा रायो लगायतका विभिन्न जातहरुको परिक्षणका लागि फर्ममा उतपादन गरिदै आएकोछ । डडेल्धुराको घटाल खोला नजिकै रहेको यो कार्यालय पुर्ण रुपमा सडक भने पुग्नु सकेको छैन् । देश संघियतामा जानु अघि यहाँ रहेको तालिम केनद्रको पैयोग भएता पनि देश संघियतामा गएपछि उक्त तालिम हल भने सुनसान बनेकोछ । सडक पहाच नहुँदा फर्मलाई आवश्यक सामग्राीहरु मानिसले बोकेर पुगाउनुपर्ने बाध्यता रहेकोछ ।

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।