डडेल्धुराः ५० हजार नगद सहित विनय प्रकास मल्लले डडेल्धुराकी भलिबल खेलाडी कविता भट्टलाई सम्मान गर्ने घोषणा गरेका छन् । डडेल्धुरा घर भइ हाल जापानमा रहेका समाजसेवी विनय प्रकाश मल्लले सो घोषणा गरेका छन् ।
भलिबल खेलाडी भट्ट डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडा कि हुन् उनलाई मल्लले नगद ५० हजारसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।
डडेल्धुराको नाम राष्ट्रिय तथा अन्त्रर्राष्ट्रिय स्तरमा चिनाउन अहम भूमीका खेलेको भन्दै उनले सम्मान गर्ने बताएका छन् ।
नेपालको प्रतिनिधित्व गर्दै १९औँ एसियन गेममा सहभागी भइसकेकी भलिबल खेलाडी भट्ट भर्खरै सम्पन्न भएको काभा वुमेन्स कपमा नेपालको तर्फबाट खेलेकी थिइन् ।
![नेपालको प्रतिनिधित्व गर्दै १९औँ एसियन गेममा सहभागी भइसकेकी भलिबल खेलाडी भट्ट](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/454313059_1828894134253479_141264352571860648_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=cc71e4&_nc_eui2=AeHiGLBGlZRvIoZD5gYpcJm2T3B2dCa0lylPcHZ0JrSXKeIwEIqccUvFxcir-J3tNR2zlvW-eb63kobZ8Oo6KEa0&_nc_ohc=PFsrC9V6wPQQ7kNvgHc6fB_&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AYA0i9wp7-IAwaadqgLmBiVpPpe9fHp1Vlv_M0rcsP140w&oe=66BE61F0)
अमरगढी नगरपालिका–४ खलंगाका मल्ल हाल जापानमा व्यवसाय गरिरहेका छन् । जिल्लाका विभिन्न असाहय तथा विपन्नलाई बेलाबेला सहयोग गरिसकेका उनले यसपटक भने खेलाडीलाई सम्मान गर्ने प्रतिवद्धता जनाएका छन् ।
![काठमाण्डौ महानगरपालिकाले टिमलाई गरेको सम्मानमा नगद सहित सम्मान पत्र लिदै कविता](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/454778545_1032445958269015_2725058312840839156_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=127cfc&_nc_eui2=AeE3sdCzRFWLq2GwFthIK1qE8wUO7BOfP7zzBQ7sE58_vJU5c2EzBeDuqeQC3L8GdJU2BJFbeSwDpvaegLmrUyKf&_nc_ohc=7-DMFuNxZXYQ7kNvgGTKYP6&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AYDc8FZ84gqSP8fnsxHVpF0iID88chqhhlf_bWfIYy8rlA&oe=66BE583C)
सामाजिक कार्यमा सहयाेग गर्दै मनकारी विनय मल्ल ( प्रकाश) – खबरदारी न्युज (khabardarinews.com)
समाजसेवि विनय प्रकास मल्ल जसले गरेका छन् समाजमा लाखौको सेवा – खबरदारी न्युज (khabardarinews.com)
थप हेर्न यहाँ क्लिक गर्नुहोलाः
Channel customization – YouTube Studio