डडेल्धुरा (पुस्पराज भट्ट)- एमपिडिएस (A2J) डडेल्धुरा ले जिल्लाको भागेश्वोर गाउँपालिका को केन्द्र बगरकोटमा कानुनी साहाता कक्षको एक कार्यक्रमका बिच (आईतवार) स्थापना गरेको ह छ । कानुनलाई बृहत रुपमा दुर्गम गाउँ बस्तिका भु—भाग मा पुर्याई अपराधजन्य घटना कम होस,पिडितले जतिसक्दो चाडो न्यायको पहुँच होस भन्ने हेतुले कानुनि साहता कक्ष को स्थापना गरिएको कार्यक्रमका जिल्ला संयोजक धन बाहदुर भण्डारी ले बताए ।



ग्रामीण भेगमा घटने अपराधजन्य घटनाहरुमा कमि तथा अपराधीक कार्य गर्दा दोषि हुने कामकारबाही र पिडितले पाउने न्याय बारेमा पनि अब सबै जनमानसमा जनकारी हुने भगेश्वोर गाँउपालिकाका स्थानिय प्रकाश थपाले बताए ।
नेपालको कानुनमा रहेको सम्पूर्ण बिधेक बारे गाउँ समाजका नागरिकलाई जन चेतनामुलक कार्यक्रम गरि अपराधी कार्य लाई निरुत्साहित हुनमा ठूलो टेवा पुग्नु का साथै कानुनी परामर्श का निन्तर कटिबद्ध रहने कुनुनी सहज कर्ता योगेश ठकुराठी ले बताए ।
ग्रामीण भेगमा कानुनी जनकारी नहुदा अपराधी कार्यहरु दिन प्रती दिन बढदै गएका छ्न । जसमा अपराध भएसके पछि गाउँ घरमै मेला प्रत्र गर्ने जस्ता कार्यले ले जगन्य अपराधमा पनि बृद्दि हुँदै गएको छ ।
कसरि कार्यक्रम अगाडि बढदै छ यो पनि पढौ :
सचेतना फैलाउदै बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा – खबरदारी न्युज (khabardarinews.com)

























