कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको एनआईसी एसिया बैँकका कर्मचारी मृत अवस्थामा फेला परेका छन्।



भीमदत्त नगरपालिका–४ स्थित एनआईसी एसिया बैँकमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २८ वर्षीय धिरज न्यौपाने मृत भेटिएको प्रहरीले जनाएको छ।
बैँक रहेको घरको माथिल्लो तलामा रहेको सिद्धार्थ इन्स्योरेन्सको कार्यालयको कोठामा झुण्डिएको अवस्था उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 360

























