२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

कञ्चनपुरमा बैँकका कर्मचारी मृत भेटिए

 कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको एनआईसी एसिया बैँकका कर्मचारी मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिका–४ स्थित एनआईसी एसिया बैँकमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २८ वर्षीय धिरज न्यौपाने मृत भेटिएको प्रहरीले जनाएको छ। 

बैँक रहेको घरको माथिल्लो तलामा रहेको सिद्धार्थ इन्स्योरेन्सको कार्यालयको कोठामा झुण्डिएको अवस्था उनी मृत भेटिएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।