बाजुरा- आधारभूत स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर भएपनि उपचार नपाएर बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई अस्पताल लैजाने क्रममा बिहीबार राती मृत्यु भएको हो ।



सुत्केरी व्यथा लागेकी अम्बकलालाई घर नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति नभएपछि पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा उनको मृत्यु भएको वडाध्यक्ष राजन रोकायाले वताए ।
बर्थिङ सेन्टर हुँदा पनि सुत्केरी गराउने जनशक्तिको नगरपालिकाले व्यवस्था नगरेको उनले आरोप लगाए । बाजुराका स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुँदा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् ।
Views: 135

























