२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

बाजुरामा समय मै उपचार नपाएर एक सुत्केरी महिलाको मृत्यु

बाजुरा- आधारभूत स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर भएपनि उपचार नपाएर बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई अस्पताल लैजाने क्रममा बिहीबार राती मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेकी अम्बकलालाई घर नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति नभएपछि पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा उनको मृत्यु भएको वडाध्यक्ष राजन रोकायाले वताए ।

बर्थिङ सेन्टर हुँदा पनि सुत्केरी गराउने जनशक्तिको नगरपालिकाले व्यवस्था नगरेको उनले आरोप लगाए । बाजुराका स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुँदा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।