भागेश्वरः भागेश्वर गाउँपालिका अन्तर्गत महिला तथा बालविकास शाखाको आयोजनामा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । तालिममा गाउँपालिकाका ५ वटै वडाबाट पाचँ पाचँ जनाका दरले ३० जनाको सहभागीता रहेकोछ । पछिल्लो समयमा मानिसहरूमा मनोसामाजिक समस्या बढ्दै गइरहेको अवस्थामा त्यसमा कमी ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला विकास तथा बालबालिका शाखा प्रमुख कल्पना थापा (बिष्ट) ले बताउनुभयो ।



उहाँका अनुसार हाल समाजमा विभिन्न प्रकारका मनोसामाजिक समस्याहरू देखापर्न थालेका छन् । यस्ता समस्याको पहिचान तथा समाधानमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
मनोसामाजिक परामर्श भनेको व्यक्तिको मानसिक, भावनात्मक तथा सामाजिक समस्याहरू बुझेर समाधानतर्फ सहयोग गर्ने प्रक्रिया हो। यसमा व्यक्तिलाई आफ्ना समस्या खुलेर व्यक्त गर्न, तनाव कम गर्न, आत्मविश्वास बढाउन र सकारात्मक सोच विकास गर्न सहयोग गरिन्छ।
यस परामर्शले विशेष गरी:
- तनाव, चिन्ता र डर कम गर्न
- पारिवारिक वा सामाजिक समस्या समाधान गर्न
- हिंसा, दुःख, आघात वा निराशाबाट बाहिर आउन
- आत्मविश्वास र निर्णय क्षमता बढाउन

- मानसिक स्वास्थ्य सुधार गर्न मद्दत पुर्याउँछ।
मनोसामाजिक परामर्श विद्यालय, स्वास्थ्य संस्था, समुदाय तथा विभिन्न तालिम कार्यक्रममार्फत प्रदान गरिन्छ। परामर्शदाता (Counselor) ले व्यक्तिको भावना र अवस्थालाई गोप्य राख्दै आवश्यक सुझाव तथा सहयोग प्रदान गर्छन्।

























