२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

भागेश्वरमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्नः ५ वडाका महिलाहरु संग अन्र्तकिृया

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न भएकोछ । अभियानमा पालिकाको महिला तथा बालबालिका शाखाले पालिका ५ वडाहरुमा महिलाहरु संग अन्र्तकिृया कार्यक्रम गरि कार्यक्रम समापन गरेको हो । पालिकाका ५ वडाहरुमा गाउँ छनौट गरि अन्र्तकिृया कार्यक्रम गरिएको हो । गाउँमा अन्र्तकिृया कार्यक्रम गरेपछि हिजो अभियान समापन गरिएको हो ।

गाउँका महिलाहरुले कसरी हिंसा भोग्नु परेको छ र त्यीनको समाधानका लागि आगामी दिनमा कसरी जान सकिन्छ भन्ने योजना सहित वडा स्तरमा मा कार्यक्रम गरिएको महिला विकास तथा बालबालिका शाखा प्रमुख कल्पना थापाले बताउनुभयो ।
पालिका उपाध्यक्ष पुष्पा ठकुराठीको प्रमुख आथित्यतामा कार्यक्रम संञ्चालन गरिएको हो । महिलाहरु लाई हिंसाबाट मुक्त गराउनुका लागि हरदम तयार रहेको पालिका उपाध्यक्ष ठकुराठीको भनाई रहेकोछ ।

शाखाले पालिकामा यो नयाँ अभ्यास सुरु गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु समावेस गरिने पालिका अध्यक्ष हेमराज चटौतको भनाई रहेकोछ ।

भागेश्वरमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानः गाउँ गाउँका महिलाहरु संग अन्र्तकिृया

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।