डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान सूरु हुदाँ पालिकाको महिला तथा बालबालिका शाखाले गाउँ गाउँमा गएर महिलाहरु संग अन्र्तकिृया कार्यक्रम जारी राखेकोछ । शाखाले भागेश्वरको वडा नंम्बर १,२,३ मा कार्यक्रम सम्पन्न गरेकोछ , ४ र ५ नंम्बर वडामा कार्यक्रम गरिने महिला विकास तथा बालबालिका शाखा प्रमुख कल्पना थापाले जानकारी दिनुभएकोछ ।




गाउँवस्तिमा महिलाहरु अझै पनि घरेलु हिंसामा परि दुख भोग्नु परेको अवस्थामा हिंसा हुनका कारण र समाधानका उपायहरु खोज्नुका लागि गाउँमा अन्र्तकिृया कार्यक्रम गररिएको थापाको भनाई रहेकोछ । पालिका उपाध्यक्ष पुष्पा ठकुराठीको प्रमुख आथित्यतामा कार्यक्रम संञ्चालन गरिएको हो । महिलाहरु लाई हिंसा बाट मुक्त गराउनुका लागि हरदम तयार रहेको पालिका उपाध्यक्ष ठकुराठीको भनाई रहेकोछ ।



Views: 440

























