२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

डडेल्धुरामा प्रदेश अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिता हुदै : प्रथम पुरस्कार १ लाख

डडेल्धुरा(दिकराज भट्ट)–  डडेल्धुरामा प्रदेश अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएकोछ । डडेल्धुरा भलिबल संघको आयोजनामा पौष १४,१५ र १६ गते उग्रतारा माध्यमिक विद्यालय पोखराको खेलमैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ रुपैया नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछ भने द्धतीय हुने टिमले ५० हजार ११ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद २५ हजार ११ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएकोछ ।
खेलमा सुदुरपश्चिमका ८८ स्थानीय तहका टिमहरुको सहभागिता हुने आकलन गरिएकोछ । यो डडेल्धुरामा आयोजना हुन लागेको पहिलो प्रदेश अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हो । खेलमा सहभागि हुने टिम लाई टिम दर्ता शुल्क नलाग्ने आयोजकले जनाएकोछ । खेलमा सहभागि हुनका लागि सम्बन्धित पालिकाको खेलाडि भएको र पालिकाले सिफारिस गरेको टिमलाई मात्र सहभागि गराईनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि विधागत नगद पुरस्कार दिइने उनले बताए । जसअन्तर्गत उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट स्पाइकरलाई २५ सय, उत्कृष्ट सेटरलाई २५ सय, उत्कृष्ट डिफेन्डरलाई २५ सय, उत्कृष्ट सर्भर र राइजिङ खेलाडीलाई पनि २५ सय दिइने डडेल्धुरा भलिबल संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताएका छन् ।खेलको आयोजनामा सामाजिक विकास मन्त्रालयले ५ लाख सहयोग गरेकोछ ।

डडेल्धुरा भलिवल संघले आयेजना गरेको पत्रकार सम्मेलन-

 

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।