डडेल्धुरा(दिकराज भट्ट)– डडेल्धुरामा प्रदेश अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएकोछ । डडेल्धुरा भलिबल संघको आयोजनामा पौष १४,१५ र १६ गते उग्रतारा माध्यमिक विद्यालय पोखराको खेलमैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ रुपैया नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछ भने द्धतीय हुने टिमले ५० हजार ११ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद २५ हजार ११ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएकोछ ।
खेलमा सुदुरपश्चिमका ८८ स्थानीय तहका टिमहरुको सहभागिता हुने आकलन गरिएकोछ । यो डडेल्धुरामा आयोजना हुन लागेको पहिलो प्रदेश अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हो । खेलमा सहभागि हुने टिम लाई टिम दर्ता शुल्क नलाग्ने आयोजकले जनाएकोछ । खेलमा सहभागि हुनका लागि सम्बन्धित पालिकाको खेलाडि भएको र पालिकाले सिफारिस गरेको टिमलाई मात्र सहभागि गराईनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि विधागत नगद पुरस्कार दिइने उनले बताए । जसअन्तर्गत उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट स्पाइकरलाई २५ सय, उत्कृष्ट सेटरलाई २५ सय, उत्कृष्ट डिफेन्डरलाई २५ सय, उत्कृष्ट सर्भर र राइजिङ खेलाडीलाई पनि २५ सय दिइने डडेल्धुरा भलिबल संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताएका छन् ।खेलको आयोजनामा सामाजिक विकास मन्त्रालयले ५ लाख सहयोग गरेकोछ ।



डडेल्धुरा भलिवल संघले आयेजना गरेको पत्रकार सम्मेलन-

























