२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

कञ्चनपुरका स्थानीयतहमा एकसाथ काग्रेँसको विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा कंचनपुरका नौ वटै स्थानिय तहमा एक साथ विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय कार्यसमितिको निर्देशन अनुशार कांग्रेसले कंचनपुरका स्थानीय तहमा विरोध प्रदर्शन सभा गरेको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि शनिवार गर्जमनी वजार देखि कलुवापुर वजार हुँदै झलारी वजारसम्म विरोध¥याली प्रदर्शन सहित झलारी वजारमा विरोध सभाको आयोजना गरेको थियो ।

शुक्लाफाँँटा नेपाली कांग्रेस नगर सभापति जय वहादुर विष्टको सभापतित्वमा संचालित कार्यक्रमको प्रमुख महाँसमिति सदस्य लालबहादुर सिंह रहनुभएको थियो । विरोध सभालाई सम्वोधन गर्दै सिंहले नेपाली जनताले ठुलो सपना देखेर कम्युनिस्टलाई दुई तिहाईको मत दिए भने नेपाली कांग्रेसले सालिन प्रतीपक्षिय भुमिका निर्वाह गर्दासमेत उनिहरू सरकार संचालनमा असफल भएको दावि गरे ।

उनलेभने विकास सुशासन समृद्धिको सट्टामा कुशासन चरम भ्रष्टाचार गरि मुलुक संम्विधानलाई नै असफलता तिर पु¥याएको आरोप लगाए । शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐरले नेपाली जनताको वलिदानि वाट प्राप्त संविधानको रक्षाका लागि कांग्रेस आन्दोलनमा छ । कांग्रेस विधिको शासन पद्धतिमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएकाले अदालतको आदेसको समेत सम्मान गरि जनतामा जाने ऐरले जनाए । कार्यक्रममा क्षेत्रिय सभापति दल वहादुर वोहराले सरकार काण्डै काण्डमा रमाई रहेको वेला आफना अपराध ढाकछोप गर्न संविधान माथि कु गरेको आरोप लगाए ।

प्रदेशसभा (ख) सभापति करन सिंह ऐरले नेपालमा भएका हरेक परिवर्तनको आन्दोलनमा नेपाली कांग्रेसको निर्णायक भुमिकाको स्मरण गराउदै प्रतिनिधि सभा विधट्नको विरोधको आन्दोलनमा पनि नेपाली जनताले कांग्रेसले निर्णायकको भुमिका खेल्ने चाहाना राखेको नेता ऐरले वताए । महाँधिवेशन प्रतिनिधि दुर्गाप्रसाद भट्टले जब जब मुलुकमा संकट उत्पन्न हुन्छ ।

लोकतन्त्र खतरामा पर्छ । कांग्रेस मुलुक लोकतन्त्रको रक्षाका लागि जनताको अधिकार रक्षाका लागि कांग्रेसले आन्दोलनको नेतृत्व गरि मुलुकलाई निकास दिएको जिकिर गरे । नेपाल ट्रेड युनियन कांग्रेस सुप अध्यक्ष सिद्वराज भट्टले नेपाली जनताको ठुलो वलिदानीवाट जनताका जनप्रतिनिधिले निर्मित नेपालको संविधान २०७२ केपि ओलीको अहंकार र नेकपाको सत्ताको दाउपेचको शिकार हुन पुग्यो । नेता भट्टले भने संविधानको रक्षाका लागि जनतालाई सुसूचित गर्न कांग्रेसले आन्दोलन गरेको वताए ।

उनलेभने कम्युनिष्टहरूका यस्तै गतिविधिका कारण विश्ववाटनै पलायन हुन पुगेको वताउदै चुनावमा जनतालाई मिठा सपना वाड्ने चुनाव पछि जनतालाई दास सोच्ने आफु मालिक सम्झिने प्रवृति हावि भएको नेता भट्टले जनाए ।

कार्यक्रममा महाँसमितिसदस्य कल्पना पन्त,नेपाल किसान संघ जिल्ला अध्यक्ष भैरव सिंह ऐर,नेपाल शिक्षक संघका प्रदेश प्रतिनिधि विष्णु दत्त जोशी,नेपाल दलित संघ नगर सभापति डम्बर ओखेडा,नेपाल तरूण दल नगर सभापति ज्ञानेन्द्र सिंह,नेविसंघ नेता सुरज विष्ट,साँस्कृतिक संघका तर्क राज भट्ट लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव देवराज जोशीले गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।