महेन्द्रनगर – पुर्व -पश्चिम राजमार्गकाे महेन्द्रनगर ट्राफिक चेकपोस्ट भन्दा केही दुरि अगाडिमा रहेकाे म्युजियम अान्तरिक पर्यटककाे राेजाईकाे गन्तव्य बनेकाे छ । दरबार माेडलमा बनाईएकाे यस म्युजियममा बाहिर प्रवेश द्वार ( गेट) मा भगवानका मुर्ति सहितकाे काठका कलात्मक ठाेका बनाईएका छन् ।



गेटमा पुग्ने बित्तिकै जाेकाेहि सेल्फि खिच्न अात्तुर भईहाल्छन् । गिट पास गरेर भित्र सुदुर पश्चिमका धार्मिक ,पर्यटकिय क्षेत्रका फाेटाेहरु लगाईएकाे छ । उग्रतारा मन्दिर डडेल्धुरा , अमरगढि किल्ला ,त्रिपुरा सुन्दरि मन्दिर बैतडी , मेलाैलि बैतडी मन्दिर का ठुला – ठुला फाेटाे टासेकाे छ ।

गेट प्रवेस संगै भित्र जानका लागि टिकट काउन्टर काे व्यवस्था गरेकाे छ । टिकट सबैका लागि रु १०० ( एक सय ) लगाएकाे छ । त्याे संगै थारु पहिरनमा चिटिक्क सजिएकि कर्मचारीले हर काेहि लाई जनहितमा जारि सन्देश सहितले स्वागत गर्दै भित्र पठाउछिन । उनी भन्छिन ” भित्र पाेखरि गहिराे छ साना बालबालिका , बुढाबुढि नजानु हाेला , दरबार भित्र निर्माण कार्य भित्र नजानुहाेला धन्यवाद स्वागत छ ” । थारु पहिरनमा दुई जाना कर्मचारी राखेकाे छ ।
म्युजियम भित्र रहेका छाताहरु ,दरबारका झ्यालहरु, पानीको धाराहरु , शिद्वनाथ बाबाकाे मुर्ति सेल्फि पाेईन्टकाे राेजाई बनेका छन् । निर्माणाधीन महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथ बाबा मध्ये सर्वसाधारणका लागि भित्री म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर खुला गरेका छन्।

फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीले निकै दबाब दिएपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर खुला गरेको क्याप्टेन उप्रेतीले जानकारी दिए। क्याप्टेन वेद उप्रेती ट्रस्टले धनगढीमा एअर ड्राफ्ट म्युजियम र काठमाण्डौंमा एभिएसन म्युजियम सञ्चालन गरिरहेको छ।
क्याप्टेन उप्रेतीले काठमाण्डौं र धनगढीको म्युजियमभन्दा यो म्युजियम पृथक् खालको रहेको बताए। उनले भने,–‘यस म्युजियमभित्र रहेको अप्स एण्ड डाउन (उल्टा फोटो देखिने ) म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुनेछ।’
म्युजियमभित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरू रहेका छन्। खास गरी युवायुवतीलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि मुख्य भूमिका खेल्ने क्याप्टेन उप्रेती बताउँछन्। ‘प्रमुख टुरिजम सेन्टरका रूपमा म्युजियमलाई विकास गर्छौ’, उनले भने–‘निकट भविष्यमै म्युजियमलाई पछाडिको जमिनमा पनि विस्तार गर्छौ।’

म्युजियम निर्माणका लागि क्याप्टेन वेद उप्रेती र उनकी माता सरस्वती उप्रेतीले ट्रस्टका लागि करिब करिब तीन करोड रुपैयाँ बराबरको जग्गा दान गरेका थिए। निर्माणमा चार करोड गरी गरी करिब सात करोड रुपैयाँको लागतमा म्युजियम निर्माण गरिएको हो।
म्युजियम निर्माण गर्न क्याप्टेन वेद उप्रेतीले विदेशमा प्रशिक्षक पाइलटको जागिरबाट आर्जन गरेको चार करोड रुपैयाँ लगानी गरेका हुन।
अमूल्य जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने माता सरस्वती उप्रेतीको म्युजियम परिसर भित्र सालिक समेत बनाइएको छ।

म्युजियममा ९ वर्ष मुनीका बालबालीका र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने प्रवेश निःशेष गरिएको छ।
म्युजियममा दैनिक २००-३०० जाना र शनिबार भने ६०० भन्दा बढि अाउने गरेका छन् ।

























