नेपाली कांग्रेस गोदावरी नगरसमितिले प्रतिनिधि सभा विघटन विरूद्ध आज अत्तरिया चौराहामा विरोध प्रदर्शन गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत गोदावरी नगरसमितिले अत्तरियामा बिरोध प्रदर्शन सहित कोण सभाको आयोजना गरेको हो ।



कोण सभालाई साम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य डा. लक्ष्मी राज पाठकले अहिले कम्युनिष्ट सरकार एकतन्त्रिय शासन स्थापना गर्नको लागि संसद विघटन गरेको बताए । उनले रुस र चाईनाबाट पशिक्षण लिएर एकतन्त्रिय शासन लागु गर्ने क्रममा अहिलेको अवस्था आएको बताए ।
‘एकतन्त्रिय शासन लगाउनका लागि केपी ओलीले मैले लगाउन पाउनु पर्छ भन्ने प्रचण्ड–माधवले मेरो पालामा मैले लगाउन पाउनु पर्छ भनेर विवाद आउँदा अहिलेको समस्या आएको हो’ उनले भने ‘यो सबै एकतन्त्रिय शासन प्रणाली ल्याउनको लागि गरिएको प्रयास हो ।’
यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ ।

























