२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

ज्ञानेद्र शाहीले भने ‘एक–एक पैसाको हिसाब नदिए मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालयमा धर्ना दिन्छौ’

 हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेद्र शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टसंग प्रदेशबाट छुट्याएको बजेटको हिसाव माग्ने बताएका छन । शनिबार अत्तरियामा आयोजित नागरिक खबरदारी सभालाई सम्बोधन गर्दै शाहीले सो कुरा बताएका हुन । उनले पैसाको हिसाब नदिए आफू मुख्यमन्त्री त्रिलोचन्द भट्टको कार्यालयमा धर्ना दिने बताएका छन ।

उनले आफू ५ दिन देखि ७ दिन सुदूरपश्चिममा बसेर सबै प्रश्नको जवाफ माग्ने बताए । मुख्यमन्त्री कार्यालयले जवाफ नदिए छड्के अनुगमन गरिने शाहीले बताए ।

उनले मुख्यमन्त्रीले जवाफ दिनुपर्ने प्रश्न मञ्चबाट राख्दै जवाफ दिन समेत आग्रह गरेका थिए ।

उनका प्रश्न यस्ता छन :

मुख्यमन्त्री त्रिलोचन्द भट्टले २०७५/७६ मा प्रदेशको बजेट २८ अर्व १६ करोड ल्याएको बजेट के–के कुरामा खर्च भयो ?

नमूना कृषि गाउँ आफै वनाउँ भनेर प्रत्येक स्थानिय तहलाई दिने भनेका थिए । नमूना कृषि गाउँ बनेको छ ?

कृषि योग्य जमिन र सिचाईको सुविधाका लागि भनेर १ अर्व १६ करोड लिए । के अहिले सम्म सिचाई पुगेको छ ?

नौ ओटा जिल्लालाई नमूना लिफ्ट सिचाई भने त्यसका लागि १० करोड छुट्याईयो । कहाँ छ लिफ्ट सिचाई गरेको त्रिलोचन्द भट्ट ज्यु ?

एउटा निर्वाचन क्षेत्रमा पुर्वाधार विकास भनेर ९६ करोड रुपैयाँ छुट्याएका छन । निर्वाचन क्षेत्रमा कुनै नयाँ सरकारी कार्यालय बनेको छ ?

८० हेक्टरको क्षेत्रफलमा केरा खेती गर्ने भने । त्यसको लागि २ करोड लगियो केरा खेती भएको छ ८० हेक्टरमा ?

मेसिन उपकरणमा अनुदान दिने भनेर ५ करोड छुट्याईयो खै त्यो पैसा कता खर्च भयो ?

चिस्यान केन्द्र निर्माण गर्ने भनेर बजेट छुट्याईएको छ । चिस्यान केन्द्र बनेको छ ?

स्थानिय तहमा एक तहमा एक औद्योगित केन्द्र स्थापना गर्ने भनेर ३ करोड बजेट विनियोजन गरिएको छ । तर त्यो औद्योगिक केन्द्र कहाँ बनेका छन ?

प्रदेशमा खाद्य डिपो बन्ने भनेर ६ करोड लगिएको छ । खाद्यको डिपो बनेको छ ?

मुख्यमन्त्रीले गरिवका लागि बस्ती बनाउने भनेर ४ करोड लगेर गए । बस्ती बनेको छ ?

जलविद्युत आयोजना बनाउने भनेर १० करोड लगेर गएका छन । अहिले सम्म जलविद्युत आयोजना बन्यो ?

नदी नियन्त्रण गर्ने भनेर ७१ करोड लिएर गएका छन । त्यो पैसाले कहाँ नदी नियन्त्रण भएको छ ? हिसाव चाहियो ?

प्रदेशमा गौरवका सडक योजना बनाउने भनेर ४२ करोड लगेर गएका रहेछन । कहि अहिले सम्म गौरवको सडक बनेको छ ?

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।