२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

अमरगढी नगरपालिकाका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण हुँदै

डडेल्धुरा । अमरगढी नगरपालिकाका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण थालिएको छ । नगरपालिका भित्रका धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण गर्न थालिएको हो ।

अमरगढी भित्र उग्रतारा मन्दिर, घटालथान, अमरगढी किल्ला प्रमुख पर्यटकीय क्षेत्र मानिन्छ । यस बाहेक अहिले शहीद भिमदत्त पन्तको जन्म घर आदर्श भीम बस्ती, रावलतोली शिवकुटी गुफा, कस्या टाकुरो, सहश्रलिङ्ग मन्दिर बाटो, पिस पार्क लगायतका स्थलहरुमा पूर्वाधार संरचना निर्माण थालिएको हो ।

कारिगाउँमा शहिद भीमदत्तको घरलाई संग्राहलय बनाइ आदर्श बस्तीका रूपमा विकास गरिँदै छ । पूर्वाधार विकासका लागि करिब १२ करोड रुपैयाँको लागतमा काम भइरहेको नगरपालिकाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।