शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा डोटीका नौ वटै स्थानीय तहमा बिरोध प्रर्दशन गरेको छ।



केन्द्रीय कार्य समितिको निर्णयअनुसार काँग्रेसले डोटीका नौ वटै स्थानीय तहमा विरोध प्रर्दशन गरेको हो
त्यसै क्रममा काँग्रेसले डोटीको बडिकेदार गाउँपालिकामा पनि बिरोध प्रर्दशन सहित सभाको आयोजना गरेको थियो । बडिकेदार गाउपालिकाको खडेउली बजारमा बिरोध प्रर्दसन गरिएको थियो दिपायल सिलगढी नगरपालिकाको दिपायल बजारमा, के आइ सिह गाउपालिका वायलमा जोरायल गाउपालिका, पुर्बी चौकी गाउपालिका, सिखर नगरपालिका, बोगटान फुडसिल गाउपालिका सायल गाउपालिका र आदर्स गाउपालिका एक साथ प्रदर्शन गरेको थियो प्रदर्शनलाई सम्बोधन गर्न पुर्ब मन्त्री वीर ब बलायर लगाय जिल्ला नेताहरु कार्यक्रमलाई सम्बोधन गर्न नौ वटै स्थानीय तहमा पुगेका थिए
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको विरोधमा काँग्रेसले प्रर्दशन गरिरहेको हो।

























