२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

माैसमले धाेका दियाे : भएकाे जुनार पनि बिक्री भएन

डडेल्धुरा – जुनारले बजार नपाउँदा डडेल्धुराका किसान चिन्तीत भएका छन् । जुनार पाक्ने वेलामा बर्षा नभएपछि जुनारको दाना सानो हुनुका साथै खाँदा मिठो नहुँदा विक्रि नभएपछि डडेल्धुराका किसान चिन्तीत भएका हुन् ।

जुनार उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको भागेश्वर गाउँपालिका ५ शिराडका किसान यो वर्ष जुनार विक्रि नभएको भन्दै चिन्तीत भएका छन् । जुनार विक्रि नभएपछि वारीमै कुहिन थालेको छ ।

गत वर्ष वारीमै २५ रुपैयाँ प्रतिकिलोमा जुनार व्यापारीले किनेर लग्ने गरेको भएपनि यो वर्ष व्यापारी नआएको भागेश्वर गाउापालिका ५ शिराडका नवराज जोशीले वताए । ‘जुनार गत वर्ष भन्दा यो वर्ष वढी उत्पादन भएको भएपनि दाना सानो हुनु,गत वर्षको भन्दा स्वादमा पनि कम भएकाले विक्रि हुन सकेको छैन,। उनले भने,।‘जुनार बारीमै कुहिएको छ ,जुनार विक्रि गरेर जिविको पार्जन गर्ने किसान मार्कामा परेका छन् ।’
जुनार प्रसोधनका साथै भण्डारणका लागि कोल्ड स्टोर भए अहिले आफुहरु मार्कामा नपर्ने समेत किसानहरुले वताएका छन् । जुनार खेती व्यवसायीक रुपमै त गर्यौ तर वजारका लागि समस्या हुँदा आफुलाई वर्षेनि लाखौ रुपैयाँ क्षती हुने गरेको अर्का किसान राज भटटले वताए ।

व्यवसायीक रुपमै जुनार खेती गरेका किसान जुनार विक्रि नहुँदा जिविको पार्जन कसरी गर्ने भन्ने पिरले सताएको उनिहरुले वताएका छन् । जुनार मात्रै नभई सुन्तला प निगत वर्षको जस्तो विक्रि नभएको किसानहरुको भनाई रहेको छ ।-याे खबर लिपुलेक खबरमा लेखिएकाे छ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।