२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

भारतले शनिबारदेखि आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउँदै

काठमाडौं, ३ पुस । दक्षिणी छिमेकी मुलुक भारतको सरकारले शनिबारदेखि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। उक्त अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेटमा सुरुवात गर्दैछन् ।

खोप अभियानलाई ‘टीकाकरण अभियान’ भनिएको छ । तीन हजार ६ वटा खोप केन्द्रबाट आज ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने तयारी पूरा भएको छ । हरेक खोप केन्द्रमा ३ सय स्वास्थ्यकर्मीलाई खोप लगाइने तयारी भएको भारतीय सञ्चारमाध्यमले खबर लेखेको छ ।

पहिलो चरणमा अग्रमोर्चामा रहेका चिकित्सकलाई खोप लगाएपछि सर्वसाधारणलाई पनि खोप दिइनेछ। खोप लगाउन देशका ७ सय जिल्लामा ३० करोड जनशक्ति परिचालन गरिएको छ।

भारतमा अस्ट्राजेनिकासँग मिलेर घरेलु कम्पनी सेरम इन्स्टिच्युटले तयार गरेको कोभिडशिल्ड र भारत बायोटेकले तयार गरेको कोभ्याक्सिन खोप प्रयोगमा ल्याउन लागिएको हो । पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतले पहिलो चरणमा ३० करोड मानिसलाई कोरोना विरूद्धको खोप लगाउने योजना अघि बढाएको छ। यसका लागि कोभिडशिल्ड १० लाख र कोभ्याक्सिन ५५ लाख डोज खरिद गरेको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।