धनगढी- नगर बाल सञ्जाल धनगढीको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका वडा नं ५ मा वडा स्तरीय बाल क्लव गठन कार्यक्रम सम्पन्न पाएको छ ।



विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रुपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गरिरहेको र बिभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाइ बढी जोखिम हुने हुदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम चालेको बताइएको छ।
उक्त वडा स्तरीय बाल क्लवको अध्यक्षमा अञ्जली उपाध्याय, उपाध्यक्षमा डबल नेगी,सचिवमा मनिष बोहरा ,सहसचिवमा सृष्टि सिंह ,कोषाध्यक्षमा निशा देउवा र कार्यसमिति सदस्यमा भावना अवस्थी,सृष्टि साउँद,सन्तोषी शाही,आस्था बोहरा,होम बहादुर धर्तिमगर,पुष्कर धामी,एकेश खड्का,प्रकाश साउद,सहितको वडा नं १३ काे वडा स्तरीय बाल क्लबको नौ सदस्यीय तथर्थ समिति र काजल विष्ट,हेमा उपाध्याय, छायाँ जोशी,पूर्णिमा बडु, प्रिया साउद,करुणाकर जोशी,राकेश महर र शुसिला चौधरी सहित ८ जना साधारण सदस्य सहित २१ जनाको तथर्त समिति गरिएको छ।

























