२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

घरपरिवारलाई छोडेर भाँगिन बाजुराकी रावल

बाजुरा- बाजुरा जिल्लाकी रमिता रावलले घरपरिवारकाे बिचल्ली बनाएर भागेर गएकी छन । श्रीमान र श्रीमतिको नाता अजम्बरीको हुन्छ भन्थे तर त्यसो नभएर उल्टो पो भयो हुन त हो भनिन्छ बिहे जिन्दगीमा एक चोटि मात्र गरिन्छ ।

जन्म जन्म सङ्गै हुने अठोट गरि बिहेको मण्डपमा घुम्दै गर्दा आफ्नो पूरा जिवननै एकअर्का प्रति समर्पित गरिन्छ तर पछिल्लो समयमा आएर हेर्दा पैसाको पछाडी लागेर आफ्नो प्राण भन्दा प्यारो घरपरिवार श्रीमान,छोराछोरीलाई छोडेर अर्कै सङ्गै भाग्ने चलन चलिरहेको छ ।

त्यसैको उदाहरण बाजुराकी रमिता रावल (खड्का ) बनेकी छन । आज भन्दा करिब ७ बर्ष पहिले अछामको साफेबगर नगरपाली बाट बाजुराको बुढिगङ्गा नगरपालिका १० बदेडाका भिम रावल सङ्ग लगनगाठो कसेकी रमिता अहिले भिमलाइ छोडेर अर्कै केटा सङ्ग भागेकी रहेकी छिन । गरिबको कारण पैसा कमाएर आफ्नो सुन्दर सपनाहरू सजाउदै छोरो अनुपलाई आफ्नो मावलि घरको जिम्मा लगाएर भिमले रमितालाइ लगेर भारतको डिल्लीमा पुगे ।

करिब ३ बर्ष भारतमा दुखसुख गरेर सङ्गै बस्दै आएका भिम रावल र उनको मायालाइ लत्त्याउदै रमिता भने नेपालको बाँके जिल्ला बनफटुवा गाबिस घर भएका दिपक गिरि सङ्ग भागेर गएकी छन । उनि घरबाट २०२० को डिसेम्बर ३० तारिकका दिन भागेर गएकी र हाल सम्म कुनै अत्योपत्तो लागेको छैन ।

उनीहरुको यो भुलबस गल्ती भएको भए आएर माफी मागेर गल्ती स्विकार गर्यो भने आफू अझै पनि रमितालाइ स्विकार्न तयार रहेको भिम रावलले बताउनु भएको छ।

रमितालाई यदि कसैले देख्नु भएको हो भने जिल्ला प्रहरी कार्यालय वा नजिकैको ईलाका प्रहरी कार्यलयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरेको रावलले बताएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।