२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

खेलाडी छनोटमा विभेद गरेको आरोप

कैलाली । माघ २ गतेदेखि काठमाण्डौंमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोटमा विभेद गरेको आरोप लागेको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरूमाथि विभेद भएको आरोप लागेको हो । प्रतियोगिताका लागि १४ सदस्यीय टोली बनाउन ३७ जनालाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ । तर, ती मध्ये विजेता टिमबाटै न्यून खेलाडी परेका छन् ।

उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता बनेको अछाम जिल्लाबाट बन्द प्रशिक्षणका लागि जम्मा ४ जना खेलाडी परेका हुन् ।

प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको टिमबाट छनोट प्रतियोगिताको पुछारमा रहेकै जिल्ला सरहका खेलाडीहरू बन्द प्रशिक्षणमा बोलाइएपछि खेलाडी छनोटमा विभेद भएको आरोप लागेको हो ।

च्याम्पियन बनेको टिमबाट ४ जना मात्रै खेलाडी परे पनि उपविजेता बनेको बैतडीबाट ७ जना खेलाडी छनोट भएका छन् । प्रदेशका आठ टिम सहभागी भएको प्रदेश छनोटमा पाचौैं स्थानमा रहेको कैलालीबाट सबैभन्दा बढी सात जना बन्द प्रशिक्षणमा परेका छन् ।

त्यसै गरी तेस्रो भएको डडेल्धुराका ५ जना र चौथो भएको कञ्चनपुरबाट ६ जना जना बन्द प्रशिक्षणमा परेका छन् । त्यसै गरी छैटौँ भएको बझाङ र सातौँ भएको डोटीबाट ३÷३ जना र आठौँ भएको दार्चुलाबाट एक जना छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घका निवर्तमान केन्द्रीय सदस्य धिरेन्द्र सावादले च्याम्पियन जिल्लाबाट चार जना मात्रै परेको भन्दै विरोध जनाएका छन् ।

‘खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर नै विजेता भएका हुन्’ उनले भने ‘अहिले खेलाडीको क्षमता भन्दा पनि पदाधिकारीको जिल्लालाई बढी प्राथमिकता दिइयो ।’

निवर्तमान केन्द्रीय सदस्य सावादले खेलाडीहरूको प्रदर्शनको आधारमा टिम छनोट हुनुपर्ने माग गरेका छन् ।

शनिवार देखी बन्द प्रशिक्षणमा परेका खेलाडीहरूको महेन्द्रनगरमा बन्द प्रशिक्षण सुरु भएको छ । माघको सुरुमा बन्द प्रशिक्षणबाट १४ सदस्यीय टिम बनाइनेछ । माघ ५ गते सुदूरपश्चिम प्रदेशले पहिलो खेल खेल्ने भएकोले तीन गते टोली काठमाण्डौं प्रस्थान गर्नेछ ।

खेलाडी छनोटमा कुनै विभेद र भेदभाव नभएको सुदुरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष हरि रेग्मीले बताए । उनले अहिलेकै छनोट अन्तिम नभएको समेत स्पष्ट पारे ।

‘धेरै राम्रा खेलाडी भएको हुँदा धेरै सङ्ख्यामा खेलाडीको छनोट भएको हो’ उनले भने ‘बन्द प्रशिक्षण सुरु भएको छ घ दिन पछि हामीले अन्तिम १४ जनाको नाम सार्वजनिक गर्छाै।’

बन्द प्रशिक्षणमा गरेको प्रदर्शन र पहिलेको प्रदर्शनको मूल्याङ्कन गरेर १४ जना छनोट गर्ने अध्यक्ष रेग्मीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।