मङ्सिर जानलाग्यो लगनगाँठो कस भन्छिन बुढिआमा,
बुहारी भइ सासुको घरमा पस भन्छिन बुढिआमा



रिना ,काजल, सिमाले
नि सिउदो रङ्गाइ सक्यो
जग्गय लाउछु सानि काँ छस भन्छिन बुढि आमा
सबलाइ देखे बिहेगरी ओठमा रातो लालि लाको
आयो पालो तनि लालि घस भन्छिन बुढिआमा ।।
वायु पङ्खि घोडा चडि आउदै होलान ज्वाइँ राजा,
सुटुक्क उहाको कोमल मुटुमा बस भन्छिन बुढिआमा
घरि घरि सोधि राख्छिन बानि परे जस्तो,
तिमिलाइ डोलिमा चढाउछु नि हस भन्छिन बुढि आमा ।।
– पशुपति पाण्डेय
पाटन नगरपालिका २ बैतडी
Views: 401

























