२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

हाम्रो भाैगाेलिक अवस्थिति , काेराेनाबाट बँच्ने सामान्य उपाय

मेरो बसाेबास पहाडी जिल्लामा छ। यहाँ अत्यन्तै हिमपात हुनेगर्छ। हिमपात पछि यहाँको न्यूनतम तापक्रम १ देखि २% सम्ममा झर्छ। मंसिरकाे ८/१० गतेसम्म घमाइलाे रहेको अवस्थामा यहाँको तापक्रम अधिकतम १९/२०°सेल्सियस र न्यूनतम ५/६° सेल्सियस सम्म रहेको पाईन्छ।

अहिले काेराेना महामारीको अवस्था रहेकोले चिसो माैसममा यसले झन् विकराल रुप लिन सक्छ। पाेहर सालसम्म हुने हिमपातले अहिले पनि निरन्तरता लिने निश्चित छ। समयमा तातोपानी लगायतका शरीरलाई चाहिने ताताेपनका लागि प्रशस्तै तातो झाेलीलाे पदार्थको आवश्यकता हुन्छ।

मानिसलाई चाहिने आवश्यक तातो पदार्थ नपाएमा ज्यानै समेत जाने जाेखिम हुन्छ। यस्ताे अवस्थाबाट बँच्नका लागि बेलैमा सचेतना जरुरी छ। यहाँका बासिन्दालाई अत्यावश्यक पर्ने हुँदा दैनिक रुपमा घाँस दाउरा लिन वन जङ्गल जानुपर्ने बाध्यता छ।

आफ्नो दैनिकी पनि चलाेस् अनि काेराेनाकाे प्रकाेपबाट पनि बँच्न सकियोस् भनी उच्च सतर्कताकाे खाँचो छ।

हामी सम्पूर्ण युवाहरूले यहाँका बासिन्दालाई सतर्कता पुर्वक जीवनयापनका लागि यथेष्ट सुझाव, सल्लाह र सहयोगकाे अत्यन्तै आवश्यकता छ त्यसैले सबै युवाहरूले यसतर्फ विशेष चनाखो भई आफ्ना सामाजिक गतिविधि अगाडि बढाउन आजको टड्कारो आवश्यकता छ।

सबै युवा साथीहरू आउनाेस् अब एकापसमा हातेमालो गराैं र हरेक समस्या सँग जुध्ने महा अभियानमा सामेल हाेऔं। अब हाेस्टेमा हैंसे गराैं।

(मलाई मार्गनिर्देश गर्ने आदरणीय काका वेदात्रेय पथिक प्रति आभारी छु।)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।