कञ्चनपुर – कञ्चनपुर काे शुक्लाफाँटा नगरपालिका वडानं९मा रहेका सामुदायिक पशु चाैपाया स्थलमा सामुहिक गाई गाेवद्वन पुजा गरिएकाे छ।हिन्दुहरूकाे महानपर्व तिहारकाे गाई गाेवद्वन पुजाकै दिन वृद्वावन सामुदायिक पशु चाैपाया व्यवस्थापन समितिले व्यवस्थापन गरेका करिव २सय ५० गाई गाेरूलाई सामुहिक रूपमा पुजा गरिएकाे हाे।पुर्वज हरूले परम्परा देखिनै गाई गाेरूकाे पुजागरि उनिहरू प्रती सम्मानभाव प्र कट गर्ने चलन रहेपनि केही समय यता पशु चाैपायालाई हेला गरि जताभावि छाेड्ने विकृति वढेकाले पशुलाई हेला हैन माया दया दियाै भन्ने मुल उदेश्यका साथ सामुहिक पुजाकाे आयाेजना गरिएकाे थियाे। कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐरले पशु चाैपाया मानव जिवनकै अभिन्न अंग हुन।पशु चाैपाया प्रति देखाउने हाम्रो व्यवहारमा परिवर्तन जरूरि छ।सामुदायिक छाडा पशु चाैपाया व्यवस्थापन संरक्षणमा सम्पुर्ण नागरिकको सहयाेग सहकार्यमा जाेडदिदै नगर प्रमुख ऐरले भने मानवकाे अस्तित्वकाे लागि भएपनि पशु चाैपायाकाे संरक्षण जरूरिछ।शुक्लाफाँटा नगरवासिकाे सहयाेगले नेपालमै नमुनाकाे रूपमा सामुदायिक छाडा पशु चाैपाया व्यवस्थापनमा सफलता प्राप्त गर्न सफल भएकाे नगर प्रमुख ऐरले जिकिर गरे।शुक्लाफाँटा नगरपालिका वडानं९का वडा अध्यक्ष रमेश वहादुर ऐरले शुक्लाफाँटा नगरपालिकामा विकराल चुनाैतिकाे रूपमा रहेकाे छाडा पशु चाैपायाकाे समस्या लाई वडावासिकाे सहयाेगमा व्यवस्थापन गर्न सफल भएका छाै।नगरपालिकाकाे विनियोजित ४० लाख वजेटसंगै दाताकाे सहयाेग निरन्तर प्राप्त भईरहदा पशु चाैपाया व्यवस्थापनमा सहजता भईरहेकाे वडा अध्यक्ष ऐरले जनाए।उनले अहिलेसम्म एनमिल नेपाललेपशुकाे आहाराका लागि भनेर २लाख नगद प्राप्त संगै उनिहरूकाे उपचारका लागि ५५ हजारकाे अाैषधि उपलव्ध गराएकाेले वताए।सामाजिक उतरदायित्वकाे भावना अनुशार सामुदायिक पशु चाैपाया हरूकाे आहाराका लागि वडानं६का वडा अध्यक्ष जगता रानाले १ट्रलि पराल,वडानं९ का वडा सदस्य खडक चाैधरिले १ट्रलि पराल,वडानं९ कै समाजसेवि लालबहादुर ऐरले १ट्रलि पराल,कमला देवि ऐरले १ट्रलि पराल १कठ्ठा नुन,वडानं१०का व्यवसायी चुडामणि जाेशिले ३ट्रलि पराल,नेपाल तरूणदल शुक्लाफाँटाका नगर सभापति ज्ञानेन्द्र सिंहले ३कठ्ठ मल,नेपाल तरूणदल महाँधिवेशन प्रतिनिधि धर्मा विष्ट लगायतका सहयाेगि हातहरूकाे साथले सामुदायिक छाडा पशु चाैपाया व्यवस्थापनकाे चुनाैतिमा केही भएपनि राहतकाे महसुस भएकाे वडा अध्यक्ष ऐरले वताए।हिन्दु वैदिक सनातन धर्मका अनुशार गाई पुजा गरे वैतडिनि नदि पार हुन्छ भन्ने धार्मिक विश्वास पनि छ।हिन्दुकाे आस्थाकाे धराेहर नेपालकाे राष्टिय जनावर गाई वहुउपयाेगि गाई मान्छे जन्मे देखि मृत्यु सम्म चाहिने भएकाले सवैमिलि संरक्षणमा जाेडदिनु पर्नेमा कार्यक्रममा उपस्थित सवैले ऐक्यबद्धता जनाए।वृद्वावन सामुदायिक पशु चाैपाया व्यवस्थापन समितिका अध्यक्ष करन सिंह ऐरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका वडानं ३,४,६,९,१०,११का वडा अध्यक्ष क्र मस नरेन्द्र चाैधरि,ज्ञान विष्ट,जगता राना,रमेश ऐेर,लालबहादुर ऐर र दिल वहादुर वुढा रहेका थिए भने सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐर,नेपाली कांग्रेसका नगर सभापति जय वहादुर विष्ट,नेकपाका हेमन्त राज रेग्मी लगायतकाे उपस्थित रहेकाे थियाे।




























