२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

कञ्चनपुरमा कन्ने जातको च्याउको बीउ उत्पादनमा वृद्धि

कञ्चनपुर – व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानको मागलाई ध्यानमा राख्दै कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले कन्ने जातको च्याउको बीउ उत्पादनमा जोड दिएको छ ।

अन्यत्रबाट बीउ ल्याएर च्याउ खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रयोगशालाले यस वर्ष १० हजार पोका च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ । हालसम्म प्रयोगशालाले पाँच हजार पोका च्याउको बीउ उत्पादन गरेको छ । उत्पादन भएको बीउमध्ये ८०० जति पोका किसानलाई बिक्री गरेको छ । तयार गरिएको एक हजार पोका च्याउको बीउ समेत वितरण गर्ने तयारी गरिएको छ ।

प्रयोगशालाले उत्पादन गरेका २०० ग्रामको च्याउको बीउको पोकालाई ३२ रुपैयाँमा बिक्री गरिरहेको छ । “खेती गर्ने किसान बढेपछि च्याउको बीउको माग धेरै आएको छ” प्रयोगशालाका प्राविधिक प्रेमराज न्यौपानेले भने, “किसानको मागलाई मध्यनजर गर्दै बीउको गुणस्तर र उत्पादनलाई बढाएका छौँ ।”

प्राविधिकका अनुसार च्याउको बीउ बनाउने प्रक्रिया पूरा गर्न १० देखि १४ दिन लाग्ने गर्दछ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ । प्रयोगशालाले २०५९ सालदेखि कन्ने जातको च्याउको बीउ तयार गरी किसानलाई उपलब्ध गराउँदै आएको छ । च्याउको बीउको माग सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट आएको छ ।

वातावरण अनुकुल बनाइएका प्लाष्टिकका टनेलमा बाह्रै महिना च्याउको उत्पादन हुन सक्दछ । पहिला चिसो मौसममा मात्रै च्याउको उत्पादन हुदै आएकामा हाल बाह्रै महिना च्याउको व्यावसायिक उत्पादन समेत हुन थालेपछि च्याउको बीउको माग अधिक आउन थालेको हो । च्याउबाट भिटामिन ‘ए’, रक्तचाप नियन्त्रण गर्ने तत्व सँगै क्याल्सियम प्रसस्त मात्रामा पाइने गर्दछ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।