बैतडी, २४ कात्तिक । बैतडीकी एक किशोरीको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–४ की माया महताको मृत्यु भएको प्रहरीले जनाएको छ ।



सोमबार दिउँसो दुई बजेतिर घरभन्दा पारी डडल्धुराको भागेश्वर गाउँपालिकाको मर्मागाड जंगलमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको र घटनास्थलमै ज्यान गएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । शिवनाथ र डडल्धुराको भागेश्वर वारीपारी भएकोले घाँसदाउरा गर्न यताका स्थानीय उतै जाने गरेका उनले बताए ।
बैतडीकी किशोरी भएपनि घटना डडेल्धुराको क्षेत्रमा पर्ने भएकोले उतैको प्रहरीले हेर्ने बैतडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
आइतबार पनि त्यही जंगलमा डडल्धुराका १२ वर्षका बालकलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।
Views: 135

























