२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

बैतडीमा एक लाख बढी मूल्यको अवैध बिँडी बरामद

बैतडी, २४ कार्तिक  ।  झुलाघाट नाका भएर अवैध रुपमा नेपाल भित्र्याएको बिँडी सशस्त्र प्रहरीको गस्ती टोली बरामद गरेको छ । भारतबाट किनेर महाकाली नदीमा ट्युब मार्फत नेपाल ल्याएको बिँडी दशरथचन्द नगरपालिका ६ सुकुट्टीबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए । 

सीमा नाका झुलाघाटमा रहेको सशस्त्र प्रहरीको बीओपीबाट खटिएको गस्ती टोलीले शनिबार राती १ लाख ३२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरेको हो । बिँडी ल्याउने मान्छे भने सशस्त्रको टोली देख्ने बित्तिकै भागेको जनाइएको छ । 

बरामद गरिएको बिँडी आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए  ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।