२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने

काठमाण्डौ,२४ कार्तिक – केही दिनयता काठमाण्डौउपत्यका लगायत देशैभर चिसो बढेको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ । आज बिहान पनि काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो ।

केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो ।

जाडो सयममा न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भएको मौसमविद् विभूति पोख्रेलको भनाइ छ । उहाँका अनुसार तापक्रम अझै घट्दै जानेछ । न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि काठमाण्डौमा भने २र३ वर्षको तुलनामा यो वर्ष छिट्टै जाडो महशुस भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष आजको दिन काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । २र३ वर्षयतालाई हेर्ने हो भने यो वर्ष अलि छिट्टै जाडो बढेको उहाँ बताउनुहुन्छ । मौसम सफा भएकाले न्यूनतम तापक्रम घटेको र अरु कुनै कारण नभएको मौसमविद् पोख्रेलको भनाइ छ ।

मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने हुन्छ त्यसैले गर्दा बढी जाडो महशुस हुन्छ । राति आकाश खुला हुँदा जमिन चिसिँदै जाने र जाडो बढ्ने मौसमविद् पोख्रेल बताउनुहुन्छ । यसैबीच अहिले काठमाण्डौसहित देशका पहाडी भेगमा हल्का कुहिरो लागेको छ ।

दिउँसो कुहिरो बिस्तारै हटेर घाम लाग्ने छ । देशका अरु ठाउँको मौसम भने दिनभर सामान्यतया सफा नै रहन्छ । बेलुकातिर फेरि देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।