२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

सेती लोकमार्ग तीव्र निर्माणका लागि काँग्रेसको ज्ञापन

अछाम, २४ कार्तिक । नेपाली काँग्रेस अछामले सेती लोकमार्ग  तीव्र निर्माणका लागि ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आज सेती लोकमार्ग निमार्णको काम तीव्र गतिमा गर्नका लागी सेतिलोक मार्गको कार्यालय प्रमुख मार्फत सरकारलाई  ज्ञापनपत्र बुझाएको सभापति कृष्ण बुढाले जानकारी दिए । 

सेती लोकमार्गको निर्माणको काममा भईरहेको ढिला सुस्ती प्रति चासो राख्दै कांग्रेसले सेती लोकमार्गको दक्षिण खण्डको कार्यालय साँफेबगरमा ज्ञापनपत्र बुझाएको हो । कार्यालय मार्फत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाण्डौमा ज्ञापन बुझाईएको हो ।

नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वारले गौरवको आयोजनामा सरकारी पक्ष बाटै अटेरी गरिएको बताए । निवार्चित जनप्रतिधीहरु समेत सेती लोकमार्गको बिषयमा गुपचुप बसेर आम जनताको आँखामा छोरो बजेट हाल्ने काम गरेका उनले बताए । 

निवार्चनका बेला सेती लोकमार्ग चुनावि नारा बनाई जितेर गएकाहरु नै सेती लोकमार्ग निमार्णको बिषयमा चुपचाप बसेका भन्दै उनको आपत्ती छ ।

अछाम काठमाण्डौ सम्पर्क मञ्चका उपाध्यक्ष भक्त बहादुर ठकुल्लाले सेतीलोक मार्ग निमार्ण नहुदा यस क्षेत्रका स्थानीय विकासबाट ठगिदै आएको बताए । उनले अछामका जनप्रतिनिधिहरुले नै यो बिषयलाई बेवास्ता गर्दे आएको बताए ।

ज्ञापनपत्रमा २०७४ साल देखी ठेक्का सम्झौता गरेको ठेकदार कम्पनीले समेत ३ बर्षको अवधिमा ३ प्रतीसत मात्र काम सम्पन्न गरेको, लोकमार्गको बौनियादेखि साँफेबगर खण्डमा रेखांकनमा पर्ने रुखहरुको कटान तथा आवश्यक ब्यावस्थापन गर्न राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि बन क्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्ड सहितको कार्यबिधी तयार पारी बजेट बिनियोजनका लागी अर्थ मन्त्रालयले बेवास्ता गर्दा योजना पछाडि परेको उल्लेख गरिएको छ ।

 कैलालीको बौनियादेखि डोटीको ठुलीगाडसम्म ५५ किलोमिटर सडकको टयाक खोल्न अवरोध भएकाले यथाशिघ्र आवश्यक काम कार्वाहि अगाडी बढाउन ज्ञापनपत्र मार्फत भनिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।