दिपकराज भट्ट / अमरगढि – डडेल्धुरा जिल्ला अमरगढी ७ पाेखरा स्थित डडेल्धुराकाे पुरानाे विद्यालय उग्रतारा माध्यमिक विद्यालय पाेखरा लाई नगर पालिकाकै पुर्वाधार र प्रविधियुक्त विद्यालयका रुपमा विकास गर्दै हरेक कुरामा विद्यालय लाई समृद्व बनाउने अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाकाे सपनाले मुर्त रुप लिदै छ।



तीन वर्ष ८,९,१० कक्षा अध्ययन गरि एस एल सि साेहि विद्यालय वाट नगर प्रमुख ओझाले पास गरेका थिए । निकै शान्त लगनसिल ईमान्दार विद्यार्थिका रुपमा विद्यालयमा छवि बनाएका ओझा विद्यालयमा अध्ययन गर्दा सबै शिक्षक विद्यार्थिका प्रिय पात्र थिए। तत्कालिन रुपमा कक्षा दस सम्म मात्रै पढाइ हुने भएकाले मेयर ओझा डिप्लाेमा अध्ययन गर्न महेन्द्र मा वि खलंगा भर्ना भएका थिए।

उनले त्तकालिन समयमा बनाएकाे छबिकाे प्रभावले २०७४ काे स्थानिय तहकाे निर्वाचनमा समेत त्यस क्षेत्र बाट लाेकप्रिय मत प्राप्त गरेर विजयकाे यात्रा प्राप्त गरेकाे थिए अाेझाकाे भनाइ छ । उहाँ भन्नू हुन्छ “जुन विद्यालयले मलाई साक्षर बनायाे म त्याे विद्यालय लाई हरेक क्षेत्रमा समृद्व बनाउने पहल गर्छु भन्दै तम्सिएका मेयर ओझाकाे पहलले अहिले नेपाल सरकारले नमुना विद्यालयका रुपमा छनाैट गरेकाे छ”।
याे मेयर ओझाकाे निकै ठुलाे प्रयासकाे प्रतिफल रहेकाे त्यहाका स्थानीयकाे बुझाई रहेकाे छ । “आफु निर्वाचित भए देखि नै याे विद्यालयकाे सुधारमा जुट्नु भयाे, हरेक अनुदान पुर्वाधार विकासमा सघाउदै अाउनु भएकाे छ, मेयरले नलागेकाे भए याे विद्यालय सुधारकाे कल्पनानै गर्न सकिने थिएन यसमा मेयरकै याेगदानकाे प्रतिफल रहेकाे” विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर शाहुले वताउनु भयाे।
विद्यालय नमुना बन्ने घाेषणा संगै हामी खुशि भएका छाैं यस क्षेत्रले गतिलाे नेता नपाउँदा सुरुवातै नभएकाे विकास उनकै लगनशिलताले संम्भव भयाे मेयर जस्ताे विद्यार्थी उत्पादन गर्ने अवसर पाउनुमै याे क्षेत्र भाग्यमानि भयाे अमरगढी ७ का समाजसेवि भाेजराज भट्टराई ले भन्नू भयाे।

याे मेराे जननि हाे मैले जननिका लागि आफ्नाे कर्तव्य पूरा गर्ने प्रयास गरेकाे थिए सबैकाे साथ र सहयाेगले सफलता प्राप्त भयाे, अब यसै बर्ष विद्यालयकाे मास्टर प्लान निर्माण हुन्छ र विकासकाे यात्रामा अगाडि वढ्छ मेयर ओझाले भन्नू भयाे। मेयर ओझा निर्वाचित भए संगै विद्यालयमा भाैतिक सुधारका निकै अभियान संचालनमा रहेका छन।




















