२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

कञ्चनपुरमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा स्थित जंगलमा महेन्द्रनगरदेखि धनगढी आउँदै गरेको लु ६० प ७१४० र विपरीत दिशाबाट गइरहेको म १ प ९६२१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी म १ प ९६२१ नम्बरका मोटरसाइकल चालक भीमदत्त नगरपालिका ६ ऐठपुर बस्नेत ४२ वर्षीय विष्णु ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।