बैतडी- बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ को काडा गाउँमा रहेको दलित बस्तीमा कुटपिट भएको छ । सोमबार राती स्थानिय गैर दलित युवाहरुले दलित बस्तीमा पसेर कुटपिट गरेका हुन ।



बैतडीको दुर्गम गाउँपालिकाले चिनिने सिगास गाउँपालिकामा दिन प्रतिदिन मिडियामा छाउदै आएको छ । कहिले बलात्कार त कहिले भ्रष्ट्राचार, यसै बिच दशैंको दिनैमा दलित बस्तीहरुलाई उठीबास गराउने गरी उपल्ला बर्गले जातिय बिभेद सँगै पैसाको रबाब देखाउदै मान्छेहरु लगाएर गालीगलौच सँगै कुटपिट गरेको निबेदन दलित परिवारले लगाएको छ ।
स्थानिय मान बहादुर रोकाया, पदम रोकाया र खिमा रोकायाले रातीको समयमा बस्तीमा पसेर गालिगलौज गर्दै कुटपिट गरेको स्थानिय राजेन्द्र बिकले बताएका छन । कुटपीटबाट किरण लुहार, हिरा लुहार, ईश्वर बिसी, अनिश बिसी, कलिमान बिक, महामती बिक र कलधारा बिक घाईते भएका छन ।
Views: 218

























